सडक कालोपत्रेको क्रममा भएको कमजोरी सुधारेर काम सम्पन्न गरिने

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १४

देवघाट गाउँपालिका–५ स्थित मधुवन चोकदेखी थापाचोक सम्मको सडक कालोपत्रे गर्ने क्रममा भएको केही कमजोरीलाई सुधार गरेर उक्त सडक कालोपत्रे गरिने भएको छ । देवघाट गाउँपालिकाका प्राविधिकले शनिबार विहान उक्त सडकको स्थलगत अनुगमन गरि कालोपत्रे गर्ने क्रममा केही कमजोरी भएको हुँदा उक्त कमजोरी सुधारेर योजना सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए ।

विशेषगरि कालोपत्रे गर्नु अघि हालिएको प्राईममा माटो देखिएपछि केही उपभोक्ताले विरोध गरेका थिए । त्यसबारेमा देवघाट अनलाइनको फेसबुक पेजमा भिडियो प्रशारण भएपछि देवघाट गाउँपालिकाको ध्यानाकर्षण भएको थियो ।

स्थानिय उपभोक्ताले कतै खाडल र कतै मापदण्ड अनुसार गिट्टि नपुगेको भनी गुनासो गरेपछि गाउँपालिकाले निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाई समन्वय गरेका थिए । सो क्रममा निर्माण कम्पनीका प्रतिनिधिले सडकमा खाल्टाखुल्डी पुरी माटोहरु फालेर काम अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

देवघाट गाउँपालिकाको भ्याट रकम सहित १९ लाख ३८ हजार ८४५ रुपैयाँको लागतमा १०६ मिटर सडक मर्मत सहितको कालापेत्र गर्न सतिस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि देवघाटले ठेक्का लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता