दिवंगत पतिको सम्झनामा विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण

Devghat Online

शेयर गरौ

समर रानाभाट । तनहुँ, असार १६

घिरिङ गाउँपालिका–२, भोर्कोट निवासी (हाल जापान रहेकी) निर्मला नेपालीले दिवंगत पति गोपाल नेपालीको सम्झनामा शैक्षिक सामग्री वितरण गरेकी छन् । निर्मलाले घिरिङ गाउँपालिका–४ गलकोटमा रहेको जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला र कापी वितरण गरेकी हुन् ।

मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा घिरिङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष भिम बहादुर कुमालको प्रमुख अतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला र कापी वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमन कुमार श्रेष्ठ, एमाले जिल्ला परिषद सदस्य गोपाल विक, घिरिङ गाउँकार्यपालिका सदस्य भुवनसिहं विक, कार्यपालिका सदस्य रिमा कुमाल, कार्यपालिका सदस्य सरिता विक वडा नम्बर ४ का वडा सदस्य मनबहादुर रानाभाट, घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार, पुर्व वडा सदस्य धन कुमारी नेपाली, वडा नम्बर ४ का प्रविधिक गणेश विक, फुला आधारभुत स्वास्थ्य चौकीका प्रमुख प्रविन श्रेष्ठ, नेपाल उ्त्पडित जातिय मुक्ति समाज घिरिङकी अध्यक्ष कृष्णमाया नेपाली, नेपाल उत्पडित मुक्ति समाज सचिव मिलन विक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर बहादुर थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन विद्यालयका प्रअ हंश विक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा