देवघाट कलेजको कार्यालय स्थापना, गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन १

देवघाटमा पहिलोपटक स्थापना भएको देवघाट कलेजको बिहिबार स्थापना गरिएको छ । ‘जनताकाे लागि आजकाे आवसश्यकता’ भन्ने मुल नाराकाे साथ देवघाट कलेजको कार्यालय र साइनबोर्ड राख्ने कार्यक्रमको देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले व्यानर पढि उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले कलेजकाे लागि सबै मिलेर अगाडि बढ्न सके कलेजललाई जाेगाउन सकिने बताए । कलेजकाे लागि धेरै आर्थिक भार लाग्ने भएकाले अबकाे साउनकाे बाेलबम देखि लिएर हरेक देवघाटमा लाग्ने मेलामा देवघाट कलेजकाे लागि सहयाेग जुटाउन सके त्यस बाट ठुलाे रुपमा रकम संकलन हुने अध्यक्ष थापाले बताए ।

साे कार्यक्रममा देवघाट सार्वजनिक पुस्ताकलयका अध्यक्ष शिवराज पाैडेलले राजनीतिक दलकाे उदेश्य नै समाजकाे विकाशकाे लागि भएको र शैक्षिक गुणस्तरकाे लागि राजनीतिक दलले आग्रह पुर्वाग्रह लिन नहुने बताए । जहाँ नयाँ कुराकाे समाजकाे हितकाे लागि विचार उत्थान हुन्छ त्यहाँ जीवनभर साथ सल्लाह दिन पर्ने पाैडेलले बताए ।

देवघाट कलेज सञ्चालन समितिका उपाध्यक्ष केशवचन्द्र न्याैपानेले अरु पालिकामा कलेज भएकाे तर आजकाे समय सम्म देवघाटमा कलेज नभएकाे भन्दै सधै परनिर्भरता भइरहने स्वभावले देवघाटबाट चितवन गई समयमा कलेज नपुग्ने र समयमा घर आइपुग्न नसकेेकाे तिताे अनुभव आफुले पनि भाेग्न परेकाे हुदा सबै जना लागि पर्ने हाे भने कलेज ल्याउन असम्भव नहुने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य वावुराम पाैडेलले देवघाटकाे स्कुल स्थापनाकाे इतिहासकाे बारेमा बताउदै पढेपछि बाठाे हुन्छ,बाठाे भए पछि मेराे कुरा लागू हुदैन भन्ने स्वभाव राणाकालिन समयमा भएकाे त्यहि स्वभाव गाउँठाउँमा अझ हराइ नसकेकाे बताए । अबकाे समय हरेक पुस्ता पुस्ता अनुसार शिक्षित र बाठाे हुनुपर्ने पाैडेलले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटकाे अध्यक्ष गाेविन्द प्रसाद न्याैपानेले देवघाटकाे विकासकाे लागि सबै पार्टीकाे राजनिति दल फरक भए पनि उदेश्य एउटै समाजकाे विकास गर्नु रहेकाे बताए । देवघाटमा कलेज रहे स्वच्छ शान्त वातावरणमा पढ्न पाउने भन्दै उनले सबै पार्टी मिलेर कलेजकाे लागि सहयाेग गर्नु पर्ने बताए ।
साे कार्यक्रममा देवघाट कलेज सञ्चालन समितिका उपाध्यक्ष साेमनाथ ढकालले कलेज ल्याउने विषयमा पालिका सकरात्मक भए पनि वडा अध्यक्ष सकरात्मक नभएकाे बताए । कलेजकाे लागि वडाले पनि साथ दिइ समृद्धि देवघाट बनाउन कलेज देवघाट ल्याउन आवश्यक परेकाे हुदा कलेज ल्याएकाे ढकालले बताए ।

साे कार्यक्रममा देवघाट कलेज सञ्चालन समितिकाे अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले जिन्दगीमा आफुले पढेकाे शिक्षा र अनुभव आज सम्म भाेगेकाे अनुभवहरु भन्दा कयौं गुना धेरै शिक्षा अनुभव पाएकाे बताए । देवघाटमा कलेजकाे लागि निस्वार्थ भएर यहाँकाे गरिव समुदाय पनि सजिलै उच्च शिक्षा हासिल गर्न सक्ने हेतुले आफू दिन रात नभनि पैसा सङ्कलनमा खटेकाे श्रेष्ठले बताए । गरिव समुदायले पनि उच्च शिक्षा हासिल गर्न सके हरेक व्यक्ति शिक्षित भई आफ्नाे पारिवारिक अबस्थालाई गरिबीबाट मुक्त गर्न सके देवघाट समृद्धि देवघाट बल्ल हुने श्रेष्ठले बताए।

उक्त कार्यक्रममा मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्याैपाने, राष्ट्रिय स्वतन्त्र पार्टिका बलबहादुर क्षेत्री, नेकपा ऐमाले वडा कमिटिका अध्यक्ष विकास ढकाल, विनानाथ ढकाल, महेश भट्टराई, साेम बहादुर गुरुङ, हेमन्त पाैडेल लगायतको उपस्थिती रहेकाे थियाे ।
देवघाट कलेज सञ्चालन समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठकाे अध्यक्षतामा सो कार्यक्रम सन्चालन भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार