देवघाट-५ साँढेबगरकी मिर्गाैला पीडित बिमतीलाई उपचारकोलागि सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । साउन १७

देवघाट गाउँपालिका-५ साँढेबगर निवासी मिर्गाैला रोगबाट पीडित बिमति गुरुङको उपचारको लागि देवघाटका व्यक्तिले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । देवघाटका १९ जना व्यक्तिहरुबाट संकलित उक्त रकम नेपाली काँग्रेसका जिल्ला सदस्य युवा समाजसेवी अर्जुन अधिकारीले शनिबार काठमाडौं गई पीडित गुरुङलाई हस्तान्तरण गरे ।

उनको उपचारकोलागि देवघाट निवासी अर्जुन अधिकारी, अमर फेवाली, उत्तम लामा, पुर्ण बहादुर कुवँर, महेश भट्टराई, कर्ण बहादुर गुरुङ, अशोक पराजुली, आसुतोष पौडेल, अरुण अधिकारी, सम्राट अधिकारी, अर्जुन सापकोटा, रोशनी पन्त, कृष्ण पन्त, हिरा आले, सबिता थापा मगर, अमर बहादुर थापा, श्याम बहादुर बगाले, राधा खनाल, इन्द्रा माया थापाबाट ५० हजार रुपैयाँ संकलन भएको थियो ।

मिर्गाैलामा समस्या भएपछि बिमती हाल काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत छिन् । उनको आर्थिक अवस्था कमजोर रहेकोले नेपाली काँग्रेसका जिल्ला सदस्य अधिकारीको पहलमा उक्त रकम संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको