कर्मचारी प्रशासनको संक्रमणकाल चाँडै अन्त्य हुनेः सामान्य प्रशासन मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

पोखरा । साउन १७

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनको संक्रमणकाल चाँडै अन्त्य हुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शनिबार जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा रहेको संक्रमण काल अन्त्य हुने बताउनुभयो ।

कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न आफु लागि परेको भन्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताउनुभयो । निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गर्ने बारेमा आफु प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

संघीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफल पछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने मन्त्री न्यौपानेले बताउनुभयो । संघीय निजामती ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले दाबी गर्नुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो ‘तिनै तहका कर्मचारीको समस्या समाधान गरि कर्मचारीलाई उत्पाहपुर्वक काममा लाग्ने बातावरण बनाउन लागि परेको छु ।’ कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने उहाँको भनाई थियो ।

‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र सिष्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भनिन् ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन ।’ जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्नुपर्ने बताउनुभयो । जनताको विश्वास जितेर कर्मचारीहरुले कार्यसम्पादन गर्नुपर्ने भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने बताउनुभयो ।

मन्त्री न्यौपानेलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको सेवा प्रवाह र कास्की जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा जिल्लाका सरकारी कार्यालयका प्रमुखरुले संघीय निजामती ऐन जारी नहुँदा कार्यालयका कर्मचारीहरुमा काम गर्ने वातावरण नभएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको