देवघाट । साउन २२
देवघाट सार्वजानिक पुस्तकालयले आगामी भदौ १० गतेसम्म सदस्ता नविकरण तथा नयाँ सदस्यताकोलागि आवेदन दिन अनुरोध गरेको छ । पुस्तकालयले सार्वजानिक सुचना जारी गरि भदौ १५ गते १८ औं पुस्तकालय दिवस मनाउने तथा देवघाट सार्वजानिक पुस्तकालयको २१ औं साधारणसभा गर्ने निर्णय भएको हुँदा सोही प्रयोजनकोलागि भदौ १० गते भित्र सदस्यता नविकरण गरिसक्न तथा नयाँ सदस्यताको लागि आवदेन दिनुहुन अनुरोध गरेको छ ।



देवघाट सार्वजनिक पुस्तकालय व्यवस्थापन समितिको हालै सम्पन्न बैठकको निर्णय अनुसार आगामी भदौ १५ गते १८ औं पुस्तकालय दिवस मनाउने र सोही दिन देवघाट सार्वजनिक पुस्तकालयको २१ औं साधारण सभा सम्पन्न गर्ने निर्णय भएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।

बैठकले देवघाट सार्वजनिक पुस्तकालयको विधान–२०६२ का केही धाराहरु समयानुकुल संशोधन गर्नुपर्ने देखिएकोले सोही प्रयोजनका निम्ति विधान संशोधन मस्यौदा उपसमिति गठन गरिएको सुचनामा जनाईएको छ ।
२०८२ असार मसान्त अघि पुस्तकालयको साधारण सदस्यता प्राप्त गर्नु भएका सदस्यहरुले आफ्नो सदस्यता २०८२ भदौ १० गते सम्ममा नविकरण गरिसक्नुपर्ने भन्दै अध्यक्ष पौडेलले नविकरण नभएका सदस्यहरुले साधारण सभामा आफ्नो सहभागिता जनाउनु भएपनि मताधिकारको प्रयोग गर्न नसक्ने बताए ।
उक्त साधारणसभाको अवसरमा देवघाट सार्वजनिक पुस्तकालय र देवघाट सामुदायिक सिकाइ केन्द्रको स्थापना देखि हालसम्म विभिन्न तहमा रहेर यी दुवै संस्थाको उन्नतिका निम्ति विशेष योगदान गर्नुहुने मध्ये जेष्ठ नागरिकहरुलाई सम्मान गरिने अध्यक्ष पौडेलले बताए ।












