नेपाल आदिवासी जनजाती महासंघ ऋषिङ गाउँपालिका समन्वय परिषद गठन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २४

नेपाल आदिवासी जनजाती महासंघ ऋषिङ गाउँपालिका समन्वय परिषद गठन भएको छ । ३१ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा यामबहादुर थापा मगरको अध्यक्षतामा ११ सदस्यिय गाउँपालिका समन्वय परिषद गठन गरिएको हो ।

परिषदको उपाध्यक्षमा बेलबहादुर थापा मगर, सचिवमा कविराज श्रेष्ठ तथा सदस्यहरुमा सुकमाया सारुमगर, छविराम दरै, अरुण गुरुङ, ऋषिमाया कुमाल, लिलबहादुर थापा मगर, पहलसिंह सारु, दानबहादुर आले मगर र संगिता सारुमगर रहेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँका बरिष्ठ उपाध्यक्ष नन्दु थापामगरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापामगर, महासंघका सल्लाहाकार यामबहादुर आले मगर, मणिराज थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा