तनहुँ कारागारबाट भागेका १७६ कैदीबन्दी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असोज ४

तनहुँ कारागारबाट गत भदौ २४ गते साँझ भागेका ३ सय २७ कैदीबन्दीमध्ये १ सय ७६ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझसम्म १ सय ७६ जनालाई पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएको हो । भागेका अन्यको खोजी भइरहेको एसपी कार्कीले बताए ।

गत भदौ २५ गते साँझ कारागारको सुरक्षा घेर तोडेर २० महिला र ३ सय ७ पुरुष गरि ३ सय २७ जना कैदीबन्दी कारागारबाट निस्किएका थिए । प्रहरीले भागेका कैदीबन्दीलाई यथाशिघ्र कारागारमा आउन आह्वान पनि गरेको छ । कारागार नफर्किए उनीहरुलाई पक्राउ गरि ल्याउने प्रहरीले जनाएको छ ।

यसैगरि तनहुँ प्रहरीले देशका अन्य विभिन्न कारागारबाट भागेका कैदी बन्दीलाई पनि पक्राउ गरि सम्बन्धित कारागारमा बुझाएको छ । हालसम्म विभिन्न कारागारबाट भागेका ४० जना कैदी बन्दीलाई पक्राउ गरि सम्बन्धित कारागारमा पठाईएको एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती