प्रदिप पौडेलको झुटलाई न्यौपानेले गरिन् कडा प्रतिबाद

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज ४

भदौ २३ गते राती बसेको मन्त्रीपरिषदको बैठकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामाजिक सन्जाल खुलाउने विषयमा आफुले झगडा गरेको भन्दै सन्चार माध्यममा गएर तत्कालिन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले झुट बोलेको सोही मन्त्री परिषदकी एक सदस्यले कडा प्रतिबाद गरेकी छिन् ।

तत्कालिन मन्त्रीपरिषदकी सदस्य संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उक्त बैठकमा भएको कुरा सार्वजानिक गर्दै स्वास्थ्यमन्त्री पौडेलले झुट कुरा गरेको बताएकी छिन् । मन्त्रीपरिषदमा भएको छलफलको बारेमा सार्वजानिक गर्दै तत्कालिन मन्त्री न्यौपानेले भनिन् ‘मन्त्रीपरिषदमा भएको सामान्य छलफललाई प्रदिप पौडेलले पुरै झुट र अफवाह फैलाएछन् ।’

‘मन्त्री परिषदको बैठकमा स्वास्थ्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीतिर फर्केर, सम्माननीय ज्यु अव सामाजिक सन्जालको विषय के हुन्छ भनेर एउटा प्रश्न राख्नुभएको थियो’ न्यौपानेले भनिन् ‘अझ उहाँले प्रधानमन्त्रीसँग यो विषय ठिकै छ, छलफल गर्दै जाउँला भनेर आफैले विषय टुग्याउनु भएको थियो ।’

‘तर बाहिर आएर सामाजिक सन्जाल खोल्ने विषयमा प्रधानमन्त्री र मेरो विवाद भयो, प्रधानमन्त्री असंवेदनशिल हुनुहुँदो रहेछ भन्ने खालको झुट र कपोल्कपित कुरा भन्नु भएछ’ न्यौपानेले भनिन ‘त्यो मन्त्रीपरिषद् बैठकमा म पनि छु, हामी अरुपनि छौं, प्रदिप पौडेलले त्यसरी बाहिर आएर झुट कुरा बोल्नुहोला भन्ने लागेको थिएन ।’

भदौ २३ गते जेन जी पुस्ताको प्रर्दशनको क्रममा १९ जना युवाहरुको मृत्युभएपछि बसेको मन्त्रीपरिषदको बैठकमा आफुले सामाजिक सन्जाल खोल्ने बारेमा प्रधानमन्त्रीसँग आफुले आधाघन्टाभन्दा बढि विवाद गरेको तत्कालिन स्वास्थ्यमन्त्री पौडेलले बताएका थिए । पौडेलको उक्त भनाईलाई सोही मन्त्रीपरिषदकी सदस्य न्यौपानेले कडा प्रतिबाद गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता