मुग्लिन–नारयणगढ सडकको विकल्पमा भिमाद–डेढगाउँ हुँदै कालीगन्डकी करिडोर

Devghat Online

शेयर गरौ

तनहुँ । असोज ७

मुग्लिन–नारायणगढ सडकको तुइन खोलामा मंगलबार साँझ गएको ठुलो पहिरोले उक्त सडक दुई तर्फी नै अवरुद्ध भएको छ । ठुलो पहिरो खसेको कारण सो सडक बुधबार दिनभर पनि खुल्न नसक्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । यस्तो अवस्थामा गन्तव्यमा जान निस्किएका हजारौं यात्रुहरु अलपत्र पर्ने भएका छन् ।

मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको भिमाद–मानपुर–नवलपुरको डेढगाउँ हुँदै कालीगन्डकी करिडोर पछिल्लो समय विकल्प भएको छ । केही दुरी लामो हुने भएपनि उक्त सडक विशेषगरि गन्डकी प्रदेशका जनतालाई नारायणगढ वा तराईका जिल्ला जानको लागि प्रयोगमा आउन थालेको छ ।

उक्त कालीगन्डकी करिडोर हुँदै गैडाकोट जानको लागि पृथ्वीराजमार्ग स्थित तनहुँको खैरेनीटारबाट भिमाद हुँदै घिरिङ गाउँपालिकाको मानपुर भएर नवलपुरको डेढगाउँ निस्किएर त्यहाँबाट कालीगन्डकी करिडोरको पक्की सडक हुँदै गैडाकोट निस्कन सकिन्छ ।

खैरेनीटारबाट भिमादसम्म कालोपत्रे, भिमादबाट मानपुरसम्म ग्राभेल सडक, मानपुरबाट डेढगाउँसम्म कालोपत्रे सडक र डेडगाउँबाट गैडाकोटसम्म कालोपत्रे सडक हुँदै गन्तव्यमा पुग्न सकिन्छ । डेडगाउँबाट गैडाकोटको दुरी ७० किमि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता