मोटरसाईकल चालकको रोजाईमा बुद्धसिंह मार्ग

Devghat Online

शेयर गरौ

तनहुँ । असोज ८

मुग्लिन–नारायणगढ सडकको तुइन खोलामा मंगलबार राती ठुलो पहिरो खस्दा उक्त सडक बन्द रहेको छ । बुधबार दिनभर पहिरो पन्छाएपनि एक तिहाई मात्र पन्छाउन सकिएको सडक डिभिजन चितवनले जनाएको छ । उक्त सडकको पहिरो पन्छाउन अझै दुई दिन लाग्ने अनुमान गरिएको छ । उक्त पहिरोले ठुला सवारी साधन सन्चालनमा अवरोध भएपनि मोटरसाईकल चालकलाई भने खासै असर गरेको छैन ।

मोटरसाईकल चालकहरु दमौलीबाट घुमाउने जोड्ने बुद्ध सिंह मार्गको प्रयोग गरि आवत जावत गरिरहेका छन् । उक्त मार्ग कच्च भएपनि मोटरसाईकलमा यात्रा गर्न सकिने खालको छ । केही खोलामा सामान्य अप्ठ्यारा भएपनि अन्य यात्रुहरुको सहयोगमा खोला तारेर मोटरसाईकल चालकहरु गन्तव्यमा पुगिरहेका छन् । दमौलीबाट घुमाउने निस्किएर नारायणगढ वा अन्य स्थानमा र घुमाउनेबाट दमौली निस्किएर गन्डकी प्रदेशका अन्य जिल्लाहरुमा पुग्न सकिन्छ । उक्त मार्गमा पर्ने घुमाउनेमा रहेको झोलुङ्गे पुलबाट मोटरसाईकल तारेपनि मुग्लिन–नारयणगढ सडकमा पुग्न सकिन्छ ।

उक्त मार्ग हुँदै यात्रा गरेका एक मोटरसाईकल चालकले भने ‘धन्न यो कच्ची बाटो भएपनि बनेको रहेछर यात्रा गर्न पाईयो ।’ उक्त मार्ग हुँदै दमौलीबाट घुमाउने पुग्न करिब २ घन्टा लाग्छ । तनहुँको व्यास नपाको कोइदिम, सोँढे, मास्दीघाट, बन्दीपुरको खहरे, नाल्दी, सराङघाट र आबुँखैरेनीको प्युघर, लाब्दी र घुमाउने हुँदै राजमार्गमा निस्कन सकिन्छ ।

दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दुरी रहेको उक्त बुद्धसिंह मार्ग २०४६ सालका सहिद बुद्धसिंह रानाको नाममा नामाकरण गरिएको छ । पहिलो पटक २०४६ सालको निर्वाचन पछि बनेको सरकारको भौतिक योजना मन्त्री मार्सल जुलुम साक्यले उक्त बुद्ध सिंह मार्गको लागि ५० हजार रुपैयाँ बिनियोजन गरेका थिए । सोही रकमले गोरेटो बाटोको ट्«याक खनिएको थियो । त्यसपछि सरकारले बजेट बिनियोजन गरेपछि सो मार्गको ट्रयाक खन्न थालिएको बुद्धसिंह मार्गका पुर्व अध्यक्ष विश्व बास्तोलाले बताए । आफु अध्यक्ष भएकै समयमा घुमाउनेसम्मको मोटरबाटोको ट्रयाक खोलिएको बास्तोलाले बताए । तर पछि संघ सरकारबाट बजेट नआउँदा उक्त सडकको स्तरोन्नती रोकिएको छ ।

पछिल्लो समय गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रक्रिया अघि बढाइरहेको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि सँुढे सम्म १० किलोमिटर कालोपत्रका लागि निर्माण कम्पनीले पक्की नाला निर्माण गरिसकेको छ ।

उक्त १० किमि खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण कार्य अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर सहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त खण्डको कालोपत्र वि.सं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेकोमा उक्त अवधिमा सम्पन्न नभएपछि २०८३ असार मसान्तसम्म म्याद थप गरिएको छ । सम्झौता अनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवेका साथै सडक कालोपत्रे गरिनेछ ।

चितवनको घुमाउनेमा मोटरेवल पुल अलपत्र हुँदा दुई पाङग्रे बाहेकका सवारी साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ । दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुई पाँग्रे सवारी साधन आवतजावत गरेपनि दुई पाँग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन तर बस तथा अन्य सवारी साधन भने पुलको अभावमा तनहुँ क्षेत्रमै रोकिन गरेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी–मुग्लिन हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई