सुन्तलामा रोग लागेपछि देवघाटका किसान चिन्तामा, यस वर्ष सुन्तला उत्पादनमा कमी हुने

Devghat Online

शेयर गरौ

विष्णु मगर/देवघाट, असोज २३

देवघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा का विभिन्न स्थानका कृषकहरु सुन्तला बेचेर जिवन यापन गर्दै आएका छन् । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला हो । यी तिनवटा वडाका कृषकहरुले सुन्तला बेचेर बर्षेनी करोडौं रुपैयाँ आम्दानी लिँदै आएका छन् । एकै किसानले मात्र २० लाख रुपैयाँ सम्मको आम्दानी सुन्तला बेचेर लिँदै आएका छन् ।

तर यसवर्ष भने सुन्तलाको बोटमा रोग लागेपछि आम्दानी गुम्ने चिन्तामा कृषकहरु छन् । यहाँका सुन्तलाबारीका सुन्तलाको बोटको जरा सुक्दै तथा बोक्राहरु सुक्दै जाने तथा बेमौसमा सुन्तला पहेलो भई झर्ने जस्तो रोग लागेर किसान चिन्तामा परेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ३ लुङ्ग्र्रिङको धेरै सुन्तलामा रोग लागेको र यो समस्या बिस्तारै बाटकमा पनि सर्न थालेको बाटक कृषि समुहका अध्यक्ष भरत थापा मगरले बताए । सुन्तलाको रोगहरु नियन्त्रणको लागि कृषि ज्ञान केन्द्रले औषधीहरु दिए पनि यसको रोग पत्ता नलागाई दिएको हुदा सुन्तलाको रोगमा कुनै सुधार नभएको मगरले बताए ।

देवघाटको सुन्तला पकेट क्षेत्रको रुपमा लिइने वडा नम्बर २, ३ र ४ का कृषकले बर्षाै मेहनेत गरेर हुर्काएको सुन्तलाको बाट रोग लागेर मर्न थालेको सुन्तला किसान हर्क बहादुुर थापाले बताए । रोग नलागेको सुन्तलाको बोटले ५० बर्ष भन्दा बढि समय फल दिने भन्दै अर्का कृषक जितबहादुर थापाले अव यस ठाउँका सुन्तलाको बोटले उत्पादन दिन नसक्ने हो की भन्ने चिन्ता लागेको बताए । रोगको पहिचान गर्न र समस्या समाधान गर्न कृषी ज्ञान केन्द्र असफल भएको उनले बताए ।

देवघाट गाउँपालीका वडा नम्बर ३ को मुख्य आम्दानी नै सुन्तला रहेको उक्त वडाबाट मात्रै बर्षेनी ३ करोड भन्दा बढिको सुन्तला विक्री हुँदै आएको सुन्तला कृषक एवं नेकपा एमाले वडा नम्बर ३ का वडा कमिटिका अध्यक्ष समेत रहेका जित बहादुर थापाले बताए । तर अहिले बोटमा रोग लाग्न थालेपछि भने सो आम्दानी अव गुम्ने चिन्ता थपिएको थापाले बताए ।

मानिसमा अनेकौं किसिममा रोग लागे झैं सुन्तलामा पनि त्यस्तै अनेकौं रोग लाग्न थालेको थापाले बताए । एक थरि रोगको उपचार गरेर नसक्दै अर्काे थरीको रोग लाग्ने गरेको उनले बताए । जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेलो भइ झर्ने रोग सुन्तलामा लागेको थापाले बताए ।

त्यस क्षेत्रको मुख्य आम्दानीको रुपमा रहेको सुन्तलामा लागेको रोगको पहिचान गरि समयमै रोग निदानको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताए । सुन्तलामा लागेको रोगको विषयमा अनुसन्धान गरि रोग पहिचान गरि सो रोगलाई निर्मुल गर्न जरुरत रहेको थापाले बताए ।

अर्का सुन्तला कृषक एवं देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष भिमबहादुर रानाले यहाँका कृषकको मुख्य बाली र मुख्य आम्दानी नै सुन्तला भएको बताए । देवघाटको वडा नम्बर ३ को लुङग्रिङ, छिपछिपे, छापस्वाँरा र दगरामा उत्पादित सुन्तला नेपालकै उत्कृष्ट सुन्तलामा गनिने सुन्तला कृषक रानाले बताए । गत वर्ष लुङग्रिङ गाउँबाट मात्रै तिन करोड भन्दा बढिको सुन्तला निर्यात भएको रानाले बताए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नु पर्ने बाध्यता भएका लुङग्रिङबासी केही वर्ष यता भने सुन्तला बेचेरै लखपती बनेको रानाले बताए । लुङग्रिङमा गत वर्ष एकै घरबाट २० लाख भन्दा भन्दा बढिको सुन्तला विक्री गरेको रानाले बताए । स्थानीय प्रेमबहादुर रानाले २० लाख बढिको सुन्तला विक्री गरे । अन्य कृषकले पनि लाखौं मुल्यको सुन्तला विक्री गरेका थिए ।

सुन्तला देवघाट गाउँपालिकाकै मुख्य आम्दानी भएको कारण सुन्तला जोगाउन गाउँपालिकाले प्रथामिकतामा राखी हरेक वर्ष सुन्तलाको विषयमा कृषकलाई तालिम अनि ज्ञान दिनु पर्ने कृषि संघ वाटकका अध्यक्ष भरत सिं मगरले बताए । सुन्तलाको विषयमा कृषि प्राविधिक बारीमै आएर ज्ञान दिनुपर्ने मगरले बताए ।

देवघाट गाउँपालिकाले कृषि आयको प्रमुख श्रोतको रुपमा रहेको सुन्तला जातको फलफुलको उचित व्यवस्थापन गरि उत्पादन बृद्धी गर्न र आय आर्जनमा बृद्धि गर्न कृषकलाई अनुदानका उपलब्ध गराउने र सुन्तलाको गुणस्तरीय बेर्ना उपलब्ध गराउन वडा नम्बर ४ को काफलडाँडामा जाली घर सहितको सुन्तला नर्सरी निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । सुन्तला उत्पादनमा धेरै भन्दा धेरै गाउँपालिकाबासीलाई आवद्ध गराउन गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

देवघाटको वडा नम्बर, १, २, ३ र ४ मा सुन्तलाको पकेट क्षेत्र बनाईने छ । उक्त क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन पनि हुँदै आएको छ । अहिलेको सुन्तला पकेट क्षेत्रलाई थप प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप सुन्तला पकेट क्षेत्र बनाईने गाउँपालिकाको योजना रहेको छ । सुन्तलाको उत्पादन अझ बृद्धि गर्न प्राविधिक सहयोग, मल, बिउ, भिटामिन र तालिमको व्यवस्था गरिनेछ । उत्पादनमा आधारित अनुदान समेत दिईनेछ । साथै सुन्तलामा लाग्ने ग्रिनिङ रोग नियन्त्रणकोलागि पिसिआर परिक्षणको कार्यक्रम पनि सन्चालन गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

त्यसैगरि सुन्तलाको व्यवसायीकरण र बजारीकरण मार्फत गाउँपालिकाको पहिचान स्थापित गरिने र सहकारी संस्था मार्फत उत्पादनको बजारीकरण गरिने नीति रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । देवघाटमा उत्पादित सुन्तला सिधै काठमाडौंको कालिमाटी स्थित तरकारी तथा फलफुल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका