देवघाट खानेपानीको अध्यक्षमा थापा

Devghat Online

शेयर गरौ

देवघाट । असोज २५

देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा गणेश बहादुर थापा चयन भएका छन् । नमस्ते गाडर्ने रिर्साेट देवघाटमा शुक्रबार सम्पन्न उपभोक्ता समितिको १४ औं साधारण सभा तथा विशेष अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा राधा खनाल, सचिवमा श्रीकृष्ण पण्डित र कोषाध्यक्षमा डिल्लीराम गिरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा रामहरि पुडासैनी, मनकुमार बगाले, जमुना तिवारी, प्रदिपशाली घिमिरे, विष्णुप्रसाद पौडेल, सुर्य राना, सुर्य न्यौपाने लगायत छन् ।

संस्थाका अध्यक्ष शालिग्राम मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको देवघाट खानेपानी संस्थाका संस्थापक अध्यक्ष कृष्णराज न्यौपानेले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डे, संस्थाका सल्लाहाकार तथा निर्वाचन समिति संयोजक शिवराज पौडेल, बगन्दी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारी, देवघाट खानेपानीका व्यवस्थापक भोजराज नैनाबस्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन सचिव प्रविण कार्कीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक