गोहीटार सहकारी देवघाटको बार्षिक साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । असोज २५

देवघाट गाउँपालिका–५ स्थित गोहीटार कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभा सहकारीका अध्यक्ष शरदचन्द्र पोख्रेलको अध्यक्षतामा शनिबार सम्पन्न भयो ।

सो साधारणसभाको देवघाट गाउपालिका वडा ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले उद्घाटन गरे । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुवँरले गोहीटार सहकारीले जस्तै अन्य कृषी सहकारीले कृषकहरुको जनस्तरमा सेवा दिने हो भने आगामी केही समय भित्र देवघाट क्षेत्रलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताए ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य यामबहादुर मगर, देवघाट गाउँपालिकाका कृषी शाखाका प्रमुख विश्वास अमगाई, पशु सेवा शाखा प्रमुख डा.सम्राट अधिकारी, सहकारीका पुर्व अध्यक्ष बिष्णु प्रसाद सुवेदी,, बल बहादुर क्षेत्री, बाबुराम पौडेल, टुकनाथ अधिकारी लगायतले संस्थाबाट प्राप्त भएको सेवा सुविधाले सहकारीको कार्यक्षेत्र भित्र जीविकोपार्जन तथा खेती बाट सुधार भई आर्थिक अवस्थामा टेवा पुगेको बताए ।

सो कार्यक्रममा विभिन्न्न विधामा उत्कृष्ट गाईभैसी पालन गर्ने कृषकहरु टेक बहादुर मगर र अनिता तिवारीलाई क्याल्सियम र उत्कृष्ट तोरी तथा धान खेती गरी उदाहरणीय बन्न सफल खेममाया थापा र हरी दर्लामीलाई कृषीपोषक वितरण गरिएको थियो । साथै कृषकहरुबाट उत्पादित दुध बजारमा डेरी सन्चालन घर घरमा पु¥याई सेवा दिएकोमा गिरी डेरी तथा किराना पसलका प्रोपाईटर ईश्वरी गिरीलाई सम्मान गरिएको थियो ।

सहकारीका सचिव भरत आचार्यले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष बद्रीप्रसाद मिश्रले आर्थिक तथा सामाजिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती