तनहुँ कारागारबाट भागेका ९४ जना कैदीबन्दी अझै सम्पर्क बाहिर

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २७

गएको भदौ २३ गतेको आन्दोलनका क्रममा भागेका तनहुँ कारागारका ९४ जना कैदी बन्दी अझै सम्पर्क बाहिर रहेका छन् । कारागार व्यवस्थापन विभागले सार्वजानिक गरेको विवरण अनुसार तनहुँ कारागारका ९४ जना कैदी बन्दी अझै सम्पर्क बाहिर रहेका छन् । देशभरका फरार ६ हजार भन्दा धेरै कैदी बन्दी मध्ये तनहुँ कारागारका ९४ जना रहेका छन् । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

जेन जी आन्दोलनको क्रममा भदौ २३ गते साँझ तनहुँ कारागारबाट ३२७ जना कैदी बन्दी भागेका थिए । ति मध्ये केही फर्केर आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

फरार कैदी बन्दीमा अधिकांश गम्भिर प्रकृतिका मुद्धाका रहेका छन् । यिनीहरु मध्ये ३० जना जबरजस्ती करणी मुद्धाका, २६ जना लागु औषध मुद्धाका र १० जना कतव्र्यज्यान मुद्धाका रहेका छन् । त्यसबाहेक केही चोरी, ज्यान मार्ने उद्योग लगायतका मुद्धाका रहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ । विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती