बन्दीपुरले युवाहरुलाई सिप मुलक तालिम दिने

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २७

बन्दीपुर गाउँपालिकाले युवाहरुलाई विभिन्न सिप मुलक तालिम दिने भएको छ । बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कम्तिमा कक्षा ८ उत्तिर्ण गरेका कम्तीमा ८० जना युवाहरुलाई विभिन्न सिप विकास सम्बन्धी तालिम दिने भएको हो ।
बारिष्ठा तर्फ २० जना, बेकरी बनाउने तर्फ २० जना, प्लम्बर तर्फ २० जना र कपाल काट्ने शैलुन तर्फ २० जना युवाहरुलाई तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

तालिम लिन चहाने युवाको उमेर १८ देखी ४५ वर्ष सम्मको हुनुपर्ने, कम्तीमा कक्षा ८ उत्तिर्ण गरेको हुनु पर्ने तथा बन्दीपुरको स्थायी बासिन्दा भएको हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले बताए ।

युवाहरुलाई सिप सिकाई दक्ष नागरिक बनाउने उद्देश्यले नीति तथा कार्यक्रममा सिप विकास सम्बन्धी तालिम समावेश गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । अध्यक्ष थापाले तालिम लिन चहाने युवाले १५ दिन भित्र आवेदन दिई तालिमबाट लाभ लिन अध्यक्ष थापाले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती