दुर्घटना लगत्तै मोटरसाईकलमा आगो लाग्यो

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २७

म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी स्थित पृथ्बिराजमार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको बा.प्र.०२–०५१ प ९३४७ नम्बरको मोटरसाईकलमा सोमबार बिहान दुर्घटना लगत्तै आगो लागेको छ ।

मोटरसाईकल चालकले नियन्त्रण गुमाई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना भएपछि मोटरसाईकलमा आगो लागेको थियो । आगलागीबाट मोटरसाईक जलेर पुर्ण रुपमा क्षती भएको छ ।

उक्त दुर्घटनामा मोटर साईकल चालक रहेका धादिङ जिल्ला गल्छि गाउँपालिका–४ बस्ने बर्ष १९ का निश्चल अधिकारी र मोटरसाइकलमा सावर नुवाकोट जिल्ला बिदुर नपाको चुच्चे बस्ने बर्ष २३ को प्रदिप नेपाल घाइते भएका छन् । घाइते दुबैको रत्नहरी अस्पताल दमौलीमा उपचार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती