बिमलनगरमा मोटरसाईकल दुर्घटनाः घाइते थप एकको उपचारको क्रममा मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २८

बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गत शनिबार भएको सवारी दुर्घटनामा घाइते भएका थप एकको उपचारको क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

गत शनिबार आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ग १ ख ९७०८ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग २६ प ९२८७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार गोरखा धार्चे गाउँपालिका–७ निवासी २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ घाइते भएका थिए ।

घाइते दुबै जनालाई प्रारम्भिक उपचारका लागि डुम्रेको लक्ष्मी सि.टी. अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ सिएमसी अस्पताल रिफर गरिएकोमा उपचारकै शनिबार मुनरामको मृत्यु भएको थियो भने अर्का घाइते मनोजको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती