जिल्ला प्रशासन कार्यालय तनहुँबाट राष्ट्रिय परिचय पत्रको सेवा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २७

जिल्ला प्रसासन कार्यालय तनहुँमा आइतबारदेखी राष्ट्रिय परिचयपत्रको सेवा सुरु भएको छ । गत भदौ २४ गते जेन जीको आन्दोलनमा आगजनीबाट क्षती भएको जिल्ला प्रशासन कार्यालयमा आइतबारबाट राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएको हो ।

उद्योग वाणिज्य संघ तनहुँले २ लाख २० हजार रुपैयाँ खर्च गरि जिल्ला प्रशासन कार्यालयमा दुई वटा कोठा मर्मत सम्भार गरेपछि उक्त कोठाबाट राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले बताए ।

राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएपनि राहदानी विवरण संकलन कार्य भने अझै सुरु हुन सकेको छैन । राष्ट्रिय परिचय पत्रको सेवा सुरु भएपछि प्रशासन कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो । राहदानी विवरण संकलन कार्य चाँडै सुरु गरिने सहायक प्रजिअ रेग्मीले बताए । जनताले तुरुन्त सेवा पाउन सकून् भन्ने उद्देश्यले काम निरन्तर अघि बढाइएको रेग्मीले बताए ।

तनहुँ उद्योग वाणिज्य संघले निर्माण गरेको जिल्ला प्रशासन कार्यालयको दुई वटा कोठाको चावी आइतबार संघका अध्यक्ष बैकुण्ठ मिश्रले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई चाबी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक