विपिन जोशीको हत्या २०२३ मै भएको अनुमान

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज २८

इजरायली सेनाले नेपालका युवा विपिन जोशीको शव ल्याइएको बारे परिवारलाई सुचित गरेको छ । हमासले हस्तान्तरण गरेका विपिन र गाय इलुजसहित चारजनाको परिवारलाई सूचना दिइएको हो ।

आइडीएफका अनुसार अन्य दुई जनाको परिवारले नाम प्रकाशनका लागि अनुमति दिएको छैन । विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । युद्धको पहिलो महिनामा नै हत्या गरिएको हुनसक्ने अनुमान समेत आइडीएफले गरेको छ ।

अर्का मृतक गायलाई नोभा म्युजिक फेस्टिभलमा भागेपछि हामासले जिउँदै घाइते अवस्थामा अपहरण गरेको थियो । कैदमा रहँदा उचित चिकित्सा उपचार नपाएर उनको मृत्यु भएको जनाइएको छ । मृत्यु हुँदा उनी २६ वर्षका थिए ।

राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ । आइडीएफले परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । हामासले सम्झौताको आफ्नो हिस्सा पूरा गर्नुपर्ने र सबै बन्धकहरूलाई उनीहरूका परिवार र उचित दाहसंस्कारका लागि फिर्ता गर्न आवश्यक प्रयास गर्नुपर्ने कुरामा जोड दिँदै आइडीएफले सबै बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास जारी राखेको जनाएको छ ।

हमासले सोमबार जनाको शव हस्तान्तरण गरेको थियो । ती शवलाई अहिले परीक्षणका लागि फरेन्सिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको