हरिहर सहकारी देवघाटको बार्षिक साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असोज २९

हरिहर बचत तथा ऋण सहकारी सस्था लि. देवघाट–५ को १० औ वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको शेयर सदस्य मध्येका जेष्ठ सदस्य दिव्यदेव पौडेलले उद्घाटन गरे । कार्यक्रममा हरिहर बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्ष रोशन देव आचार्यले कार्यसमितिहरुले पनि आफ्नो धर्म नछोडी काम गर्दै सेयर सदस्यहरुले जुन विस्वास दिएर काम गर्नुपर्ने बताए ।

सो अधिवशेनबाट सहकारीको अध्यक्षमा किरण सुवेदी, उपाध्यक्ष नरमाया फेवाली, सचिव अनिल मिश्र, कोषाध्यक्ष अर्जुन प्रसाद अधिकारी चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा सालिकराम मिश्र, विष्णु बहादुर कमली, खेम राना अनिसा बोटे, ऐलिजा अधिकारी क्षेत्री, भारती शर्मा, सम्झना खत्री लगायतका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति तर्फ सयोजकमा विनोद सारु तथा सदस्यहरु गणेश थापा र निस्मा थापा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई