छाब्दी बाराहीका विद्यार्थीलाई रोटरी क्लब अफ दमौलीको सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २९

रोटरी क्लब अफ दमौलीले बुधबार व्यास–१२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो ट्र्याकसुट वितरण गरेको छ । क्लबले विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई जाडो महिनामा विद्यालय पोसाकको रुपमा प्रयोग हुने ट्र्याकसुट सहयोग गरेको हो ।

जाडो महिनामा चिसोका कारण विद्यार्थीहरूको पठन–पाठन प्रभावित नहोस् भन्ने उद्देश्यले न्यानो विद्यालय पोशाक सहयोग गरिएको क्लबकी अध्यक्ष वीणा कैनीले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको विगत स्मरण गर्दै स्थानीय युवाहरूको सक्रियता र जागरणका कारण अहिले उक्त विद्यालयप्रति समुदायको विश्वास बढ्दै गएको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समयमा सामुदायिक विद्यालयप्रति अभिभावकहरूको विश्वास घट्दै जाँदा विद्यार्थी संख्या कम हुँदै गएको बताउँदै भने, ‘सबैले आ–आफ्नो ठाउँबाट मेहनत गरे समुदायको विश्वास जित्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण छाब्दी बाराही विद्यालयले देखाएको छ । त्यसैले यस विद्यालयलाई हामी नमुना विद्यालयको रूपमा हेर्छौं ।’

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद कँडेल र प्रधानाध्यापक मुक्तिराम पौडेलले सहयोगका लागि आभार व्यक्त गर्दै विद्यालयमा भवन अभाव लगायतका समस्या समाधानका पहल गर्न नगरप्रमुख न्यौपानेलाई अनुरोध गरे ।

कार्यक्रम क्लबकी अध्यक्ष वीणा कैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक पौडेलले स्वागत मन्तव्य दिएका थिए भने क्लबकी सह–सचिव सुनिता आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती