प्रतिनिधिसभा विघटनविरुद्ध ९ रिट संवैधानिक इजलासमा, १२ कात्तिकमा प्रारम्भिक सुनुवाई

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज २९

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाई सुरु हुने भएको छ । सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

संविधानविपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन् । ती निवेदनहरू हिजो पेश भएका थिए ।

आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वोच्च प्रशासनका अनुसार दर्ता गरिएका सबै ९ रिटहरू संवैधानिक इजलासमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले