नेपाल विरुद्ध युद्ध घोषणा गरिएको छ, यस्तो बेला सेनापति नफेरौंः भगवती न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज ३०

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले नेपाल विरुद्ध युद्धको घोषणा गरिएको बताएकी छिन् । निवर्तमान मन्त्री समेत रहेकी न्यौपानेले काठमाडौंमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको वैठकमा बोल्दै भदौ २३ र २४ गते जे भयो, नेपाल विरुद्ध युद्धको घोषणा सरह भएको बताएकी हुन् ।

अहिले मुलुकमा राष्ट्रिय संकट राख्दै न्यौपानेले संकट बहुआयामिक भएको विचार राख्दै भनिन्, ‘संकटलाई सतहमा मात्र नबुझौं, गहिराईमा बुझौं । आजको संकटलाई एक वाक्यमा भन्न सकिन्छ– नेपाल विरुद्ध युद्ध घोषणा गरिएको छ, हामी युद्धमा छौं ।’

देश नै संकटमा परेको, देश विरुद्ध युद्ध सुरु भइसकेको भन्दै भगवतीले भनिन–‘युद्धको बेला सेनापति फेर्न हुँदैन, अनुभवी सेनापतिलाई विदा गरेर युद्ध जितिँदैन । युद्ध सकिएपछि विदा गरे हुन्छ ।’ २४ गते अगाडि नेतृत्व परिवर्तन सामान्य विषय थियो, २४ पछि नेतृत्वको निरन्तरता अपरिहार्य आवश्यकता बनेको उनले बताइन् ।

अहिलेको युद्धमा सत्रुलाई राम्रोसँग ठम्याउन नसकिएको विचार राख्दै भगवतीले भनिन्–‘युद्धको बीचमा सेनापति फेर्नु आत्मघात हुनेछ । यो युद्ध हतियारले होइन, अनुभव, योग्यता र क्षमताले मात्र जितिन्छ । योग्यता क्षमता भएको नयाँ नेतृत्व ल्याउन सकिन्छ तर अनुभवी ल्याउन सकिँदैन । अनुभवी नेतृत्व भनेको केपी ओली नै हो ।’

अहिले नेपाल विरुद्ध थालिएको युद्धमा सत्रु ठम्याउन सुक्ष्म अन्तदृष्टि र व्यापक अनुभव चाहिने विचार राख्दै उनले भनिन्,–‘अनुभवी र सुक्ष्म अन्तदृष्टि भएको सेनापतिले छाड्छु भन्छ भने पनि छाड्न दिन हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ