देवघाट । कार्तिक १
देवघाट गाउँपालिका–५ स्थित कालिका माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा एवम् शुभ दिपावली र छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।



उक्त कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले कालिका माविले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउदै गएको बताए । त्यसरि नै शैक्षिक क्षेत्रबाट पनि गाउँपालिकालाई चिनाउनुपर्ने उपाध्यक्ष गुरुङले बताए ।
वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुवँरले कालिका माविले पछिल्लो समयमा धेरै राम्रो गर्दै गएको र कालिकामा पढ्ने विद्यार्थीहरु राम्रो नतिजा ल्याई उत्तिर्ण हुँदै आएको बताए ।

बज्रयोगिनी माविका प्रअ केशव काफ्लेले विद्यार्थीको मिहिनेतले नै भविस्य सुनिश्चित हुने र त्यहि शिक्षालाई आफ्नै ठाउँमा सदुपयोग गर्न सके ठाउँ बन्न सकिने बताए । आज जसरी कक्षा ११ मा विद्यार्थीहरुलाई स्वागत गरेका छन त्यसरीनै देवघाट कलेजमा पनि स्वागत गर्ने आशा राखेको काफ्लेले बताए । देवघाट कलेजलाइ सफल पार्ने कि असफल पार्ने भन्ने विषय विद्यार्थीकै हातमा रहेको काफ्लेले बताए । देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्तले कालिका माविले पछिल्लो समयमा खेलकुद, सास्कृतिक र शैक्षिक स्तरमा धेरै प्रगति गर्दै गएको बताए ।
समाजसेवी अर्जुन अधिकारीले शिक्षा हासिल गरेर यहि विद्यार्थीले नै भविस्यमा समाज देखि लिएर देश चलाउने हुँदा गुणस्तरीय शिक्षा दिनुपर्ने बताए । देवघाटधाम जेसीज २०२५ का अध्यक्ष प्रसन्न ढकालले यो ११ र १२ पढ्ने विद्यार्थी उमेर समुहले चाह्यो भने सत्ता पल्टाउन सकिन्छ भन्ने उदाहरण हालैको आन्दोलने पुष्टि गरेको बताए । देवघाटधाम जेसीजले पछिल्लो समय युवाहरुको व्यक्तित्व विकास, सामाजिक र व्यवसायिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतमा भएको उक्त कार्यक्रममा कक्षा ११ को तर्फबाट आकृति लामिछाने र १२ को तर्फबाट रेजिना खड्काले शुभकामना मन्तव्य राखेक थिए ।












