स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार डा.मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनीमाथि एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोप छ । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो ।

आफूलाई सचिव नबनाइएको भन्दै उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । त्यतिबेला सरकारले डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएको थियो ।

देवकोटा सचिव बनेपछि उनी राजीनामा दिएर बसेकी थिइन् । यद्यपि उनको राजीनामा भने स्वीकृत भएको थिएन । सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि उनी मन्त्रालय जान थालेकी थिइन् । उनी हालको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा समेत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन