स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार डा.मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनीमाथि एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोप छ । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो ।

आफूलाई सचिव नबनाइएको भन्दै उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । त्यतिबेला सरकारले डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएको थियो ।

देवकोटा सचिव बनेपछि उनी राजीनामा दिएर बसेकी थिइन् । यद्यपि उनको राजीनामा भने स्वीकृत भएको थिएन । सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि उनी मन्त्रालय जान थालेकी थिइन् । उनी हालको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा समेत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कार्तिक २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१७ पिन्ट रगत संकलन

तनहुँ । कार्तिक १ दमौलीका युवाहरुको सक्रियतामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत

सरकारबारे ओलीको टिप्पणी– आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन

काठमाडौं । कार्तिक १ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड

कालिका माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र शुभकामना कार्यक्रम आयोजना

देवघाट । कार्तिक १ देवघाट गाउँपालिका–५ स्थित कालिका माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

नेपाल विरुद्ध युद्ध घोषणा गरिएको छ, यस्तो बेला सेनापति नफेरौंः भगवती न्यौपाने

काठमाडौं । असोज ३० काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले नेपाल विरुद्ध युद्धको