तउवासंघले भन्यो–थर्पु बजार इकाई कायम नै छ

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २

तनहुँ उद्योग वाणिज्य संघले थर्पु बजार इकाई कायम नै रहेको जनाएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरि संघले थर्पु बजारमा म्याग्दे उद्योग वाणिज्य संघ नामक संस्था गठन गरी तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईलाई म्याग्दे उद्योग बाणिज्य संघमा गाभिएको भन्ने समाचारहरू प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ जिल्लाभरिका उद्यमी व्यवसायीहरूको साझा संस्था भएको र तनहुँ उद्योग बाणिज्य संघ अन्तरगत हाल सात बजार इकाई र एक महिला उद्यमी विकास समिति रहेको भन्दै संघले यसै सन्र्दभमा म्याग्दे गाउँपालिका अन्तरगत थर्पुमा तनहुँ उद्योग वाणिज्य संघको आधिकारिक बजार इकाई तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समिति रहेको जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, थर्पु बजार इकाई समिति अन्य कुनै स्वघोषित संस्थांमा नगाभिएको र तनहुँ उद्योग बाणिज्य संघ, थर्पु बजार इकाई थर्पु बजार इकाई समिति नै कायम रहेको संघका महासंघ सुवोध अधिकारी र सचिव शिव ओम मल्लद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । संघले थर्पु बजार इकाई समिति तनहुँ उद्योग वाणिज्य संघ अन्तरगत नै कायम रहेको हुँदा भ्रममा नपर्नुहुन सम्बन्धित सबैलाई प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कार्तिक २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१७ पिन्ट रगत संकलन

तनहुँ । कार्तिक १ दमौलीका युवाहरुको सक्रियतामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत

सरकारबारे ओलीको टिप्पणी– आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन

काठमाडौं । कार्तिक १ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड

कालिका माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र शुभकामना कार्यक्रम आयोजना

देवघाट । कार्तिक १ देवघाट गाउँपालिका–५ स्थित कालिका माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

नेपाल विरुद्ध युद्ध घोषणा गरिएको छ, यस्तो बेला सेनापति नफेरौंः भगवती न्यौपाने

काठमाडौं । असोज ३० काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले नेपाल विरुद्ध युद्धको