तउवासंघले भन्यो–थर्पु बजार इकाई कायम नै छ

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २

तनहुँ उद्योग वाणिज्य संघले थर्पु बजार इकाई कायम नै रहेको जनाएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरि संघले थर्पु बजारमा म्याग्दे उद्योग वाणिज्य संघ नामक संस्था गठन गरी तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईलाई म्याग्दे उद्योग बाणिज्य संघमा गाभिएको भन्ने समाचारहरू प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ जिल्लाभरिका उद्यमी व्यवसायीहरूको साझा संस्था भएको र तनहुँ उद्योग बाणिज्य संघ अन्तरगत हाल सात बजार इकाई र एक महिला उद्यमी विकास समिति रहेको भन्दै संघले यसै सन्र्दभमा म्याग्दे गाउँपालिका अन्तरगत थर्पुमा तनहुँ उद्योग वाणिज्य संघको आधिकारिक बजार इकाई तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समिति रहेको जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, थर्पु बजार इकाई समिति अन्य कुनै स्वघोषित संस्थांमा नगाभिएको र तनहुँ उद्योग बाणिज्य संघ, थर्पु बजार इकाई थर्पु बजार इकाई समिति नै कायम रहेको संघका महासंघ सुवोध अधिकारी र सचिव शिव ओम मल्लद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । संघले थर्पु बजार इकाई समिति तनहुँ उद्योग वाणिज्य संघ अन्तरगत नै कायम रहेको हुँदा भ्रममा नपर्नुहुन सम्बन्धित सबैलाई प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध