तनहुँ । कार्तिक २
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले विभिन्न विषयमा सरकारको ध्यानाकर्षणकोलागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।



रास्वपाका जिल्ला संयोजक विश्व बास्तोलाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागी मतदाता नामावली दर्ता र शान्ति सुरक्षा लगायतका विषयमा आवश्यक सहजिकरण गरि जिल्लावासीहरुलाई शुसासनको प्रत्याभुती दिलाउनका लागी ज्ञापनपत्र बुझाएको हो ।

२०८२ फागुन २१ मा सम्पन्न हुने निर्वाचनका लागी मतदाता नामावली संकलन दर्ता को कार्य भईरहेको सन्र्दभमा जिल्लाका सबै स्थानबाट सदरमुकाम आई बायोम्याट्रिक गराउन असहज भएको हुदा गाँउ/नगर पालिका स्तरमा सो कार्यको व्यवस्था मिलाउनुपर्ने तथा चाडपर्वको अवसरमा बजारमा गुणस्तरहिन सामान विक्रि बितरण भईरहेको, विक्रि मुल्य अंकित नगरि मनपरी भईरहेको हुदा बजार अनुगमनलाई तिव्रता दिइ उपभोक्ताको स्वास्थ्य र हितको संरक्षण गर्न रास्वपाले माग गरेको छ ।
यसैगरि जेनजी आन्दोलन पश्चात शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्ने बुझाइका बीच विभिन्न उड्खल गतिविधि बढेको जनगुनासो आएको हुदा सुरक्षा गस्ती बढाई देशमा सरकार छ भन्ने अनुभुती दिलाई उच्छृङ्खल गतिविधि नियन्त्रण गरि समाजमा शान्ती सुरक्षाको प्रत्याभुती गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।













