देवघाटधाम जेसीजको जेसीज सप्ताह सुरु, सामग्री वितरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक ३

देवघाटधाम जेसीजको जेसीज सप्ताह २०२५ सुरु भएको छ । सप्ताहको सोमबार माँ कल्याणी वैदिक कन्या गुरुकुलम देवघाटमा सामाग्री वितरण गरि शुभारम्भ गरियो । जेसीज सप्ताह अन्तर्गतको उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए ।

सप्ताहको कार्यक्रमको पहिलो दिन देवघाटधाम जेसीजले उक्त गुरुकुलका विद्यार्थीलाई स्टेशनरी वितरण तथा गुरुकुललाई ४ थान पंखा प्रदान गरेको थियो । सो अवसरमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम जेसीजको समाजसेवी भावना र युवाहरुको सक्रियता, नेतृत्व प्रशंसनीय रहेको बताउदै गाउँपालिकाको निरन्तर सहयोग रहने प्रतिवद्दता समेत व्यक्त गरे ।

देवघाटधाम जेसीजका अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्देश्य र महत्वका बारेमा जेसीज सप्ताह–२०२५ का मूल संयोजक तथा देवघाटधाम जेसीज–२०२५ का महासचिव अर्जुन सुवेदीले प्रकाश पारेका थिए । कार्यक्रममा देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष रघु मल्ल, गुरुकुल प्रतिनिधि बिनोद कुमार थापा लगायतले मन्तव्य राखेका थिए ।

देवघाटधाम जेसीजका अध्यक्ष ढकालका अनुसार उक्त पंखा पिपलटार विजुली पसल, देवघाटका प्रोप्राइटर डिल्लीराम गिरीले प्रदान गरेका थिए । सो कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज–२०२५ कि तालिम आयुक्त स्वस्तिका धितालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कार्तिक २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१७ पिन्ट रगत संकलन

तनहुँ । कार्तिक १ दमौलीका युवाहरुको सक्रियतामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत

सरकारबारे ओलीको टिप्पणी– आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन

काठमाडौं । कार्तिक १ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड

कालिका माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र शुभकामना कार्यक्रम आयोजना

देवघाट । कार्तिक १ देवघाट गाउँपालिका–५ स्थित कालिका माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

नेपाल विरुद्ध युद्ध घोषणा गरिएको छ, यस्तो बेला सेनापति नफेरौंः भगवती न्यौपाने

काठमाडौं । असोज ३० काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले नेपाल विरुद्ध युद्धको