छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत महायज्ञः दोस्रो दिन ३० लाख रुपैयाँ दान संकलन

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १०

आँबुखैरेनी गाउँपालिका–३ हाटबजार स्थलमा गत शनिबारदेखि सुरु भएको छिम्केश्वरी–बुढीदेवी मन्दिरको बृहद विकासको लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन आइतबार ३० लाख रुपैयाँ आर्थिक दान संकलन भएको छ ।
महायज्ञका संयोजक कृष्णमान तामाङका अनुसार महायज्ञको दोश्रो दिन उक्त रकम संकलन भएको हो ।

महायज्ञको दोश्रो दिन आबुँखैरेनी–३ निवासी महायज्ञका मुल संयोजक कृष्णमान तामाङ र इन्द्रमाया तामाङबाट ५ लाख १ हजार १०१, आबुँखैरेनी–३ निवासी अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले ५ लाख ११ हजार, आबुँखैरेनी–३ निवासी अमृत केसी र गोमा केसीले ५ लाख ५ हजार ५५८, आबुँखैरेनी–२ ढकालटार निवासी कृष्णबहादुर खत्री र धनकुमारी तिमिल्सेनाबाट १ लाख २५ हजार ५५, आबुँखैरेनी–३ निवासी महायज्ञका महासचिव केशरबहादुर केसी र सानुमाया केसीले १ लाख ११ हजार १११, आबुँखैरेनी–३ निवासी रामकाजी थापा र कान्छीमाया थापाबाट ६१ हजार १११, आबुँखैरेनी–३ निवासी काजीराम थापाबाट ५१ हजार ५१, आबुँखैरेनी ३ निवासी फत्तलाल श्रेष्ठ र लालमाया श्रेष्ठबाट ५१ हजार १६५ रुपैयाँ प्रदान गरेका थिए ।

तनहुँ जिल्लाकै उच्च स्थानमा रहेको छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागि महायज्ञ आयोजना गरिएको हो । महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि महायज्ञबाट करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरेका छन् । महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन् ।

त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ । आयोजकहरुले यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार