तनहुँ । कार्तिक ११
मंगलबार बिहानदेखि निरन्तर वर्षा भइरहे पनि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ परिसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिती रहेको छ । आबुँखैरेनी गाउँपालिका–हाटबजार स्थल परिसरमा आयोजना गरिएको महायज्ञमा मौसमको प्रतिकूलताको बाबजुद श्रद्धालुहरूको उत्साहमा कुनै कमी नआएको महायज्ञ मुल समारोह समितिका संयोजक कृष्णमान तामाङले बताए ।



भक्तजनहरूको सहजताका लागि समितिले वाटरप्रुफ टेन्टको व्यवस्था गरिएको महायज्ञका संयोजक तामाङले जानकारी दिए । जसका कारण वर्षाको प्रभावमा पनि भक्तजनहरू सहज रूपमा कथा तथा श्रवण गरेका छन् ।

तनहुँ जिल्लाकै उच्च स्थानमा रहेको छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागि महायज्ञ आयोजना गरिएको हो । महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि महायज्ञबाट करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरेका छन् । महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन् ।

त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ । आयोजकहरुले यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् । महायज्ञमा भागवत बाचक वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गरिरहेका छन् ।












