आँबुखैरेनीमा भएको सवारी दुर्घटनामा १६ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक ११

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकाको विभिन्न स्थानमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घाटनामा १६ जना घाइते भएका छन् । घाइते मध्ये १४ जना माईक्रो र्दुघटनामा तथा मोटरसाईकललाई स्कारपियोले ठक्कर दिँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा १ ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।

घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।

यस्तै लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरि आँबुखैरेनी गाउँपालिका–१ सत्रसय स्थित पृथ्वी राजमार्गमा मोटरसाईकललाई स्कारपियोले ठक्कर दिँदा २ जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ०२–०२१ प १५३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बिएई १६६८ नम्बरको स्कारपियोले पछाडिबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बाराको सिमरा उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सरोज पराजुली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका वर्ष ४२ का गोबिन्द खनाल घाइते भए । घाइते दुबैजनाको आँबुखैरेनी अस्पतालमा उपचार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका