विश्व खाद्य दिवसमा म्याग्दे गाउँपालिकाद्वारा चित्रकला प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १३

विश्व खाद्य दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले विहिबार ‘स्वाच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ शिर्षकमा पालिका भित्रका मावि स्तरका विद्यार्थीहरूको विचमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा जनगणपति माविका प्रदिप थापा प्रथम, राधा माविका दिप्सन रानाभाट द्वित्तिय, महेन्द्र माविका सजिना थापा तृतिय र जनगणपति माविका सुस्मिता सारुले सान्तोना स्थान प्राप्त गरेका थिए ।

प्रतियोगितामा विजयी विद्यार्थीहरुले म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख विष्णु खत्री लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरि म्याग्देले विश्व खाद्य दिवसको अवसरमा स्थानीय स्तरमा लोप हुदै गएको साथै संरक्षण गर्न अति आवश्यक रहेको रैथानेवाली जनचेतनामुलक कार्यक्रम वडा नम्बर ७ मा आयोजना ग¥यो । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले खाद्य संकट अन्त्य गर्न रैथाने बालीको महत्व र आवश्यकताको पहिचान गरी स्थानीयलाई रैथानेवालिको प्रवद्र्धन गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि