एमाले लेखा कमिटिका उपाध्यक्ष पण्डितको निधन

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १४

नेकपा एमाले तनहुँ जिल्ला कमिटिको लेखा कमिटिका उपाध्यक्ष तथा नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रीय सदस्य एवं पुर्व जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको निधन भएको छ । पण्डितको ६० बर्षको उमेरमा शुक्रबार विहान उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

पण्डितको शुक्रबार चितवनको देवघाटमा अन्तिम संस्कार गरियो । पण्डितको पार्थिव शरिरमा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार हरि सापकोटा र नेकपा एमाले तनहुँ जिल्ला कमिटिका अध्यक्ष हरिराज कंडेलले पार्टीको झण्डा ओढाएका थिए भने नेपाल निजामती कर्मचारी संगठन तनहुँ, चितवन र नवलपुरका अध्यक्षहरुले संयुक्त रुपमा संगठनको झण्डा ओढाएका थिए ।

पण्डित हाल चितवनको भरतपुर महानगरपालिका–९ बरालमार्गमा बस्दै आएका थिए । पण्डित लामो समयदेखी मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । उनको आमा, श्रीमती, २ छोरी र १ छोरी छन् ।

नेकपा एमाले तनहुँ जिल्ला कमिटिका सचिव त्रिभुवन श्रेष्ठ तथा नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीले शोक विज्ञप्ति प्रकाशित गरि पण्डितको निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता