हरिबोधनी एकादशीमा तनहुँका धार्मिक स्थलमा भक्तजनको घुँइचो

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १५

भगवान् विष्णुको शयनबाट जागरण हुने दिनका रूपमा मनाइने हरिबोधनी (ठूला) एकादशीको अवसरमा शनिबार बिहानैदेखि देशभरका धार्मिकस्थलहरूमा भक्तजनहरूको घुइँचो लागेको थियो । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटदेखी जिल्लाका अन्य विभिन्न धार्मिक स्थलमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको थियो ।

देवघाटधामस्थित गण्डकी र कृष्णगण्डकी नदीको संगममा स्नान, दान र पूजाआराधनाका लागि हजारौं भक्तजनहरू बिहान सबेरैदेखि नै तीर्थयात्रामा जुटेका थिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.ईश्वरीराज लौडारीका अनुसार देवघाट नेपालको प्रमुख तीर्थस्थल भएकाले हरेक वर्ष हरिबोधनी एकादशीका दिन देश–विदेशका श्रद्धालुहरूको भीड लाग्ने गर्छ जसअन्तर्गत यसपाली पनि निकै ठुलो भीड लागेको थियो । देवघाट स्थित त्रिशुली र कालीगण्डकीको संगममा फूलको डोली तार्ने परम्परा यस वर्ष पनि भव्य रूपमा भईरहेको समितिले जनाएको छ ।

सदरमुकाम दमौलीको सेती र मादी नदीको संगम, व्यास नपा ६ को शिसाघाट र वडा नम्बर ९ को राजापानी महादेव मन्दिर, आबुँखैरेनीको आँधीमुल मन्दिर, बन्दीपुर–३ को सन्तानेश्वर मन्दिर, भिमाद, शुक्लागन्डकीको पुल्चोक र ढोरबाराही मन्दीर, घिरिङको केलादीघाट, भानुको बसन्तपुर स्थित थानीमाई मन्दिर लगायतको स्थानमा भक्तजनको निकै भिड लागेको थियो ।
हरिबोधनी एकादशीमा भगवान् विष्णु शयनबाट जाग्रत हुनुहुन्छ भन्ने धार्मिक विश्वास भएको घुईचो लाग्ने गरेको हो ।

दमौलीस्थित व्यास अन्न क्षेत्रका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले हरिबोधनी एकादशीलाई देवताको जागरण र धर्ममार्गमा मन, वचन र कर्म शुद्ध पार्ने अवसरको रूपमा व्याख्या गरे । उनका अनुसार ‘दमौलीमा उत्तरतर्फ बग्ने मादी नदीको सङ्गम विश्वमै दुर्लभ धार्मिक स्थल हो । उत्तरमुखी नदीमा स्नान र पूजा विशेष फलदायी हुने विश्वास प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएको छ ।’

व्यास क्षेत्र पराशर ऋषिको तपोभूमि र महर्षि वेदव्यासको जन्मस्थलका रूपमा प्रसिद्ध छ, जहाँ पनि मादी र सेतीको संगममा हजारौं भक्तजन पूजापाठ र फूलको डोली तार्ने परम्परामा तल्लीन देखिएका थिए । भक्तजनहरूले भजन–कीर्तन, दीपदान र दानदक्षिणासँगै धार्मिक वातावरणलाई उल्लासपूर्ण बनाएका थिए । वरिष्ठ आयुर्वेद चिकित्सक डा.लक्ष्मीकान्त चापागाईंले यस दिन गरिएको स्नानलाई केवल धार्मिक नभई शारीरिक र मानसिक शुद्धिको प्रतीकका रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा होः राष्ट्रपति पौडेल

काठमाडौं । जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु