एनपिएलः कर्णाली र बिराटनगरको जित

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर ६

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत शनिबार भएको खेलमा कर्णाली याक्सले र बिराटनगर किंग्स बिजयी भए ।
पहिलो खेलमा लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा एक विकेट गुमाएर पूरा ग¥यो । कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे । ४४ बलमा वाटले ६ चौका र १२ छक्कासहित ११४ रनमा अविजित रहे । उनी एनपीएल–२ मा पहिलो शतक प्रहार गर्ने टोली बनेका छन् । प्रियांकन पञ्चाल १२ रनमा आउट हुँदा विल्लियम वोसिष्टो २९ रनमा अविजित रहे । लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बलमा २ छक्का र ४ चौका प्रहार गरे । रुवेन ट्रम्पलमनले आक्रमक फिनिसिङ गरे । उनी १४ बलमा २९ रन बनाएर अविजित रहे ।

डार्सी सर्ट १९, सन्दीप जोरा १, दिलिप नाथ ६, गुल्बदिन नइव ७, सुमित महर्जन ४ र समीर अलि १ रनमा आउट भए । शेर मल्ल ७ रनमा अविजित रहे । बलिङमा कर्णलीका नन्दन यादवले २, गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले एकएक विकेट लिए ।

शनिबार भएको दोश्रो खेलमा विराटनगर किंग्स बिजयी भयो । विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित ग¥यो । काठमाण्डुले गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । लोकेश बलमे १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६ र कप्तान सन्दीप लामिछाने ९ रनमा अविजित रहे । बलिङमा काठमाण्डुका शाहव आलमले २, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए ।

उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे । वेन चाल्र्सवर्थले ३२, रिकार्डो वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेह्राड एरामसले १०, सन्तोष यादवले २६ रन बनाएर आउट भए । जोन सिम्पसन ७ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चेन्ट डि लिङगेले २, शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

पहिलो खेलमा विराटनगरल पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाण्डुले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सञ्चारमाध्यममा सरकारको आर्थिक नाकाबन्दीविरुद्ध पत्रकार महासंघ आन्दोलित

तनहुँ । चैत २८ नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध संघीय संसद्मा