लिसामा उत्कृष्ट म्याग्दे र एफआरएमा उत्कृष्ट भिमादलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ६

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) तर्फ उत्कृष्ट भएका तनहुँका पालिकाहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति तनहुँले शुक्रबार एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष ०८०/०८१ लिसा र एफआरएमा उत्कृष्ट पालिकाहरु क्रमशः म्याग्दे र भिमादलाई सम्मान गरेको हो ।

स्थानीय तहको सस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चात र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजामा तनहुँका १० स्थानीय तह मध्ये म्याग्दे र भिमाद उत्कृष्ट भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजानिक गरेको नतिजा अनुसार लिसामा म्याग्दे गाउँपालिका तनहुँका १० स्थानीय तहमा प्रथम भएको हो भने एफआरएमा भिमाद उत्कृष्ट भएको थियो ।

लिसा तर्फ विभिन्न सुचकहरुको आधारमा दिईएको अंकमा म्याग्देले ८५ दशमलव ७५ अंक प्राप्त गरेको थियो । त्यस्तै एफआरए तर्फ भिमादले ६१ अंक प्राप्त गरेको थियो । लिसा तर्फ दोश्रो स्थान प्राप्त गर्ने आबुँखैरेनीले ८५, तेश्रो स्थानमा रहेको शुक्लागन्डकी नगरपालिकाले ८१.७५, चौथो स्थानको व्यास नपाले ८१.२५ अंक प्राप्त गरेका थिए । यस्तै क्रमशः भानु नपाले ८०.७५, देवघाटले ७४, भिमाद नपाले ७१, ऋषिङले ६९, घिरिङले ६७.५० र बन्दीपुर गाउँपालिकाले ६६ अंक प्राप्त गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिअनुसार स्थानीय तहले विभिन्न दश वटा शीर्षकमा स्वमूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

गाउँपालिका/नगरपालिकाको कार्यपक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व.२०८०/०८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य आ.व २०८१/०८२ मा सम्पन्न भएको थियो ।

१५ औं जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र उपप्रमुख बासुदेव थापाले म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा बोल्दै म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले लिसामा उत्कृष्ट पालिका हुनुमा म्याग्देली बासिन्दाको योगदान भएको वताए । जनताको विश्वासलाई जोगाउदै अगामी दिनमा अझ राम्रो पालिका वनाउन लागिपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको