एनपीएल–२ः पोखराको पहिलो जित, साविक विजेता जनकपुरले हार्यो लगातार तेस्रो खेल

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर ११

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो जित निकालेको छ । सुरुआति दुई खेलमा पराजित भएको पोखराले बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित ग¥यो ।

पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर मात्र १३० रन बनाउन सक्यो । जनकपुरमाथि जित निकाल्न बलिङमा पोखराका स्पिनरले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चेर ४ विकेट लिए ।

सुमित वर्माले २, कप्तान कुशल भुर्तेल र जिम्मी निशमले एक/एक विकेट लिए । ब्याटिङमा जनकपुरका लागि वायन पार्नेलले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३८ बलमा ५० रन बनाएर रिटायर्ड आउट भए । माज सदाकतले २० र सञ्जय कृष्णमूर्तिले २५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टीयू क्रिकेट मैदानमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पोखराका लागि समिर वर्माले अविजित अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ओपनर दीनेश खरेल ३८, एडम रोसिङटोन २४, कप्तान कुशल भुर्तेल ०, जिम्मी निशम १, तिर्थराज दास २९ र डान डौथवेट ७ रनमा आउट भए । किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र अनिलकुमार शाहले एक/एक विकेट लिए । साविक विजेता जनकपुरले भने लगातार तेस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय