प्रशासनको सेवा आइतबारबाट नियमित समयमा

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १३

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबारबाट राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा नियमित समयमै दिने भएको छ । यस अघि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा सेवाग्राहीको अत्याधिक भिड भएपछि प्रशासनले विहान ८ देखी साँझ ६ बजेसम्म त्यस सम्बन्धी सेवा दिँदै आएको थियो ।

हाल सेवाग्राहीको संख्या कम भएको र तिन थान स्टेशनबाट सेवा प्रवाहा भएको हुँदा नियमित समय विहान १० देखी साँझ ४ बजेसम्ममात्र प्रशासनले सेवा दिने निर्णय भएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

 

गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँको प्रशासकीय भवनमा तोडफोड तथा आगजनी भएको र राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण उपकरणहरु समेत जली नष्ट भएको थियो । घटना पश्चात केही दिन राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध हुन गएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट केहि समय पश्चात दुई थान स्टेशन मात्र प्राप्त भएको कारण कार्यालयमा सेवाग्राहीको चाप अत्याधिक रहेकोले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा विहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म दिईदै आएका थियो ।

हाल सेवाग्राहीहरुको चाप कम हुदै गएको, हाल तिन थान स्टेशन समेत सञ्चालनमा रहेकोले नियमित कार्यालय समयमा सेवाप्रवाह गर्दा सहज रुपमा सेवा प्रवाह हुने अवस्था रहेको हुँदा आईतबार देखी राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा समेत नियमित कार्यालय समय भित्र मात्र प्रवाह गरिने श्रेष्ठले सुचना प्रकाशित गरि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ