तनहुँ । मंसिर १३
जिल्ला प्रहरी कार्यालय तनहुँको अपराध अनुसन्धान सम्बन्धी (सिएपी) अनुगमन तथा निरीक्षण भ्रमण सम्पन्न भएको छ ।



नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विमल राज कणेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँको कार्यालय भवन, हिरासत (थुनुवा) कक्ष, अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायत आन्तरिक सम्पूर्ण शाखा (फाँट) हरुको अनुगमन एवम् निरीक्षण गरिएको थियो ।
उक्त अवसरमा कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो विषयमा जानकारी लिनुका साथै सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई कर्तव्यनिष्ठ, अनुशासित तथा व्यवसायीक भई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न डिआइजी कणेलले आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।











