देवघाटको विद्युतीय शवदाह गृह सन्चालनमा आयो

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर १६

देवघाटधाममा निर्माण गरिएको विद्युतीय शवदाह गृह मंगलबारदेखि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिकाले निर्माण गरेको शवदाह गृहबाट सेवा प्रवाहका लागि आवश्यक सबै तयारी पूरा भएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन् । विद्युतीय शवदाह गृहको प्रयोगले वातावरण संरक्षणमा योगदान पुग्ने उनले बताइन् ।

हरेक दिन बिहान ५ देखि साँझ ८ बजेसम्म उक्त शवदाह गृहमा सेवा दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । सेवा लिनका लागि मृतकका परिवारले ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउन पर्ने महानगरले जनाएको छ ।

मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयले असोज अन्तिम साता उक्त शवदाह गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शवदाह गृह तथा मलामी प्रतीक्षालय विसं २०७५ माघ ३ गते सम्झौता भई वि.सं २०८२ साउन ३० गते सम्पन्न भएको हो । सम्झौता रकम रु १० करोड ३६ लाख ५७ हजार ८११ रहेकामा निर्माणसम्पन्न गर्न कुल रु १२ करोड ६४ लाख ८९ हजार ७८४ खर्च भएको उनले जानकारी दिए ।

शवदाह भवनमा भुइँतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शवदाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् ।

बर्सातको समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा क्रियापुत्री बस्ने व्यवस्था गर्न सकिने थापाले बताए ।

आयोजनाअन्तर्गत देवघाट क्षेत्रमा बसपार्क, टर्मिनल भवन, फुटपाथलगायतका संरचना देवघाटसँगै महानगरका विभिन्न स्थानमा निर्माण गरिएको छ । यी सबै परियोजनाको लागत करिब रु ३३ करोड ८० लाख ७५ हजार ४८७ रहेको आयोजनाले जनाएको छ । थापाका अनुसार शवदाह गृह सञ्चालन तथा मर्मत–सम्भारका लागि आयोजना पक्षले एक वर्षसम्म सहयोग र निगरानी गर्नेछ । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र