तनहुँ । माघ १२
क्रान्तिकारी किसान नेता एकदेव आलेको ५७ औँ स्मृति दिवस एवं शालिक अनावरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । व्यास नगरपालिकाका –३ दमौली तनहुँ स्थित एकदेव आलेको भवन परिसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथी, नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री, गण्डकी प्रदेश सरकारका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वर्गीय एकदेव आलेको शालिक अनावरण र माला अर्पण गरी स्मृति दिवसको उद्घाटन गरेका थिए ।




प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकदेव आलेका अनुयायी राजनीतिज्ञ नेपाल सरकारका पूर्वमन्त्री एवं संविधानसभाका सदस्य, कम्युनिस्ट आन्दोलनका पुराना योद्धा एम.एस.थापा, गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय तनहुका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, एकदेव आले प्रतिष्ठान बुटवलका अध्यक्ष लोकनाथ भण्डारी, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल, नेपाली कांग्रेस तनहुका उपसभापति देवकुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी तनहुँका संयोजक सूर्यबहादुर गौली, नेकपा मशालका नेता पुष्पलाल श्रेष्ठ, बाम बुद्धिजीवी शेषमणि आचार्य, प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की, व्यास ३ दमौलीका वडा सदस्य बिनु श्रेष्ठले आलेको बारेमा चर्चा परिचर्चा गरेका थिए ।

उक्त कार्यक्रममा एकदेव आलेका अनुयाई, नेपाल सरकारका पूर्वमन्त्री, संविधानसभाका सदस्य एम.एस थापा, एकदेव आलेका अनुयाई, नेपाल सरकारका पूर्वमन्त्री, संविधानसभाका सदस्य शिवलाल थापा र एकदेव आलेका अनुयायी लेखनाथ नगरपालिका कास्कीका पूर्व नगर प्रमुख आदरणीय शालिग्राम पौडेल लाई अभिनन्दनका साथ सम्मान गरिएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य यशोधा रिमाल, गण्डकी प्रदेश सभाका पूर्व सदस्य एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, प्रतिष्ठान बुटवलका पूर्व अध्यक्ष रामलाल काफ्ले, वाम बुद्धिजीवी एवम् स्वतन्त्रता सेनानी अग्रज व्यक्तित्व विश्वबन्धु भण्डारी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्वहोलासोथार गाउँपालिका लमजुङका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत उपाध्यक्ष मनुमाया श्रेष्ठ, सञ्चालन सचिव नेत्रबहादुर रानाभाट र धन्यवाद मन्तव्य सचिव माधवप्रसाद अधिकारीले राखेका थिए ।












