देवघाटमा एमाले उम्मेदवार न्यौपानेको मतदाता भेटघाट

Devghat Online

शेयर गरौ

न्यौपानेलाई जिताउन देवघाटमा ३०१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन

देवघाट । माघ १२

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपाने सोमबार बिहानै देवघाट गाउँपालिका–५ का मतदातालाई भेट्न घरदैलो अभियानमा निस्किइन् । आइतबार राती नै देवघाट आएकी उनी सबैभन्दा पहिले कालिमाटीमा निर्माणाधिन भर्जन कालिका मन्दिरको दर्शन गर्न गएकी थिइन् । उक्त मन्दिर तिन वर्ष अघि राष्ट्रिय सभाको सदस्यको रुपमा न्यौपानेले नै शिलान्यास गरेकी थिइन् ।

भर्जन कालिका मन्दिरको दर्शनपछि न्यौपानेले उक्त मन्दिरको ऐतिहाँसिक महत्व रहेको बताउँदै मन्दिरको व्यापक प्रचार प्रसार गरि लाखौं धार्मिक पर्यटक भित्र्याउन आफुले पहल गर्ने प्रतिबद्धता जनाइन् । मन्दिरको दर्शनपछि न्यौपानेले देवघाटको कालिमाटी, पिपलटार, घिनाटार, पुलको मुख लगायतको स्थानमा घरदैलो गरि सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् ।

न्यौपानेले एमालेका स्थानीय नेताहरु शिवराज पौडेल, केशवचन्द्र न्यौपाने, यालबहादुर गुरुङ, शुकलाल गुरुङ, कमला देवकोटा, सावित्री न्यौपाने लगायतले साथ दिएका थिए ।

घरदैलो पछि न्यौपानेले देवघाट स्थित गलेश्वर आश्रम, हरिहर आश्रम र महेश सन्यास आश्रममा गई आश्रमका पिठाधिशहरुलाई भेटगरि आर्शिवाद ग्रहण गरेकी थिइन् । सो क्रममा पिठाधिशहरुले अहिले धर्ममाथी चौतर्फी आक्रमण भएको हुँदा हिन्दु धर्मको रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाकोलागि एकताबद्ध हुनुपर्ने बताएका थिए ।

त्यसपछि नेकपा एमाले देवघाट गाउँ कमिटिले आयोजना गरेको कार्यक्रमलाई उम्मेदवार न्यौपानेले सम्बोधन गरेकी थिइन् । सो क्रममा बोल्दै न्यौपानेले यो चुनाव देश जोगाउने र देश जलाउनेहरुको विच भएको भन्दै देश जोगाउनेहरुले बिजय प्राप्त गर्नुपर्ने बताइन् । २०८४ मा हुनुपर्ने चुनाव धेरै षड्यन्त्र गरि २०८२ मै सारिएको भन्दै राष्ट्रिय स्वाधिनता र स्वाभिमानका पक्षधरहरु एकजुट भई सबै षड्यन्त्रलाई परास्त गर्नुपर्ने न्यौपानेले बताइन् ।

पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि नेकपा एमाले र यसको नेतृत्व प्रति चौतर्फी आक्रमण भएको भन्दै न्यौपानेले बिदेशीबाट परिचालित यी नयाँ भन्नेहरुले जिते भने एक वर्ष भित्र देशमा अनिष्ट हुने बताइन् । जसले राजनीति बुझेको छैन, जसको केही अस्तित्व छैन ती व्यक्तिहरु भाइरलको नाममा चुनावमा आएको भन्दै त्यस्ता तत्वले जितेमा देशको अस्तित्व नै खतरामा पर्ने उनको भनाई थियो ।

देवघाटबासीको समस्या आफुले मात्र बुझेको भन्दै उनले देवघाटको धार्मिक महत्वलाई अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्न सके वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिने बताईन् । आफु तनहुँकै छोरी चेली भएको भन्दै उनले बिगतमा टुरिष्ट उम्मेदवारलाई जिताउँदा तिन वर्ष तनहुँ विकासमा पछाडी परेको बताइन् ।

५३ दिन मन्त्री हुँदा ९ वटा सहासिक निर्णय गरेको भन्दै उनले उक्त समय गौरवपुर्ण समय भएको बताइन् । देवघाटका बासिन्दालाई प्रशासनिक कामको लागि सदरमुकाम धाउन नपर्ने बनाउन देघवाटको नजिकै सराङघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने आफ्नो तयारी रहेपनि त्यो काम पुरा गर्न नसकिएको र त्यो आफ्नो सपना भएकोले त्यसलाई जसरी पनि पुरा गरेरै छाड्ने उनले बताइन् ।


उक्त कार्यक्रममा देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा ३०१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको थियो । साथै आर्थिक कमिटि, युवा परिचालन, महिला परिचालन तथा स्वयंसेवक परिचालन कमिटि समेत गठन गरिएको थियो ।

सो कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सल्लाहाकार सदस्य शिवराज पौडेल, जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, यालबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?

काठमाडौं । बैशाख ३१ सम्पत्ति छानबिन आयोगले दायरामा परेका सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण