देवघाटमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन नेपाल मगर संघ देवघाटको माग

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ १३

नेपाल मगर संघ देवघाट गाउँ कमिटिले देवघाट गाउँपालिकामा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । मंगलबार देवघाट गाउँपालिका समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाल मगर संघ देवघाटका अध्यक्ष खड्क बहादुर आले मगरले देवघाट गाउँपालिकामा मगरजाती अग्रस्थानमा रहेको भन्दै मगरहरुको यस ऐतिहाँसिक तथ्यको योगदानको कदर गर्दै मगर भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरे ।

‘नेपाल बहुजातीय बहुभाषिक तथा बहुसांस्कृतिक मुलक हो, जनगणनाको तथ्यांक अनुसार मगर जाती नेपालको प्रमुख आदिवासी मुलवासी मध्य एक हो । जनसंख्याको आधारमा मगर जाती नेपालको तेस्रो रहेको छ । त्यस्तै देवघाट गाउँपालिका पनि मगर जातिको अग्रस्थानमा रहेको तथ्य सर्वविदितै छ । राष्ट्र निर्माणमा मगर जातिको ऐतिहासिक तथा उल्लेखनीय योगदान रहेको छ ।’ मागपत्रमा उल्लेख गरिएको छ ‘नेपालको संविधान धारा ३२ (२) ले प्रत्येक जाति तथा समुदायलाई आफ्नो भाषा, लिपि, सस्कृति संरक्षण तथा प्रवद्धन गर्ने मौलिक हक सुनिश्चित गरेको हुँदा देवघाटमा पनि मगर जातिले आफ्नो भाषा, लिपि र धर्म, सस्ंकृति, भेषभुषा तथा मौलिक पहिचानको सरंक्षण, सम्र्बद्धन गर्नुपर्छ ।’

पछिल्लो समयमा देवघाटको मगर जातिले विभिन्न ठाउँमा वैठक बसी अभियान चाल्दै आएको भन्दै अध्यक्ष मगरले गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा मगर तथा गुरुङ भाषालाई प्रयोगमा ल्याउने सम्बन्धी विधेयक पारित गरिसकेको बताए । यसै संवैधानिक मर्म र प्रदेश सरकारको नीति निर्देशनलाई आत्मसाथ गर्दै देवघाट गाउँपालिकामा पनि मगर भाषालाई स्थानिय सरकारी काकाजको भाषाको रुपमा लागू गर्न नेपाल मगर संघ देवघाट गाउँपालिका कमिटिले देवघाट गाउँपालिका समक्ष माग गरेको हो ।

 

ज्ञापनपत्रमा देवघाट गाउँपालिकाका सरकारी तथा गैरसरकारी संघ सस्थाहरुमा मगर भाषालाई दोस्रो सरकारी कामकाजी भाषाका रुपमा तुरुन्त लागु गर्नुपर्ने, गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ संस्था, शैक्षिक सस्था तथा अन्य सार्वजनिक निकायहरुको साइनबोर्डमा मगर भाषा तथा अक्खा लिपिको प्रयोग अनिवार्य गर्नुपर्ने, गाउँपालिका तथा वडा कार्यालयहरुको नागरिक बडापत्रमा मगर भाषा तथा अक्खा लिपि प्रयोग गर्नुपर्ने माग गरिएको छ ।

यसैगरि प्रत्येक आर्थिक वर्षमा वजेट विनियोजन गर्दा जनसंख्यालाई आधार मानी मगर जातीको भाषा लिपि, धर्म र सस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रर्वद्धनका लागि देवघाट गाउँपालिकाले नेपाल मगर संघ देवघाट गाउँ समितिको नाममा आबश्यक बजेट सुनिश्चित गर्नुपर्ने र देवघाट गाउँपालिकाबाट पारित हुने कुनै पनि दिर्घकालिन निती योजना तथा कार्यक्रमहरु निर्माण गर्दा वा समुदायसँग प्रतक्ष्य सम्बन्ध राख्ने विषयवस्तुमा छलफल र निर्णय गर्नु पर्दा नेपाल मगर संघ देवघाट गाउँपालिका समितिलाई अनिवार्य रुपमा सहभागी गराउनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू