मतदातासँग सुझाव माग्दै कांग्रेस उम्मेदवार भट्टराई

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १८

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्द भट्टराईले मतदातासँग सुझाव संकलन गर्न थालेका छन् । उनले डिजिटल माध्यमबाट सुझाव संकलन गर्न सुरु गरेका हुन् ।

‘तनहुँ क्षेत्र नम्बर १ र सम्पूर्ण तनहुँले अब नीति निर्माण तहमा प्रतिनिधित्व गर्नुपर्छ,’ सुझाव संकलन गर्नुको उद्देश्यबारे भट्टराई भने, ‘त्यसका लागि यहाँका सबै बासिन्दाले आफ्नो मत संसदमा सुनियोस् भन्ने सुनिश्चित गर्न पाउनु पर्छ, त्यसका लागि मैले प्रविधि प्रयोग गर्दै सुझाव संकलन गर्न लागेको हुँ ।’

अर्थशास्त्रमा पीएचडी गरिरहेका भट्टराईले तनहुँका जनताको आवाज आफूले प्रतिनिधिसभामा सशक्त ढंगबाट उठाउने पनि बताएका छन् । भट्टराईले तनहुँमा खानेपानी, सडक तथा विभिन्न परियोजनामा योगदान गरेका छन् ।

‘पूरै देश बदल्ने अभियानमा अहिले नेपाली कांग्रेस होमिएको छ,’ उनले भने, ‘त्यो अभियानमा तनहुँ अलग हुनुहुँदैन, तनहुँको नेपाल परिवर्तन तथा परिमार्जनमा विशिष्ट योगदान छ र अब तनहुँको थप विशिष्ट प्रतिनिधित्व हुनेछ ।’

उनले तनहुँ क्षेत्र नम्बर १ का प्रत्येक जनताको आवाज आफू बन्न सक्ने दाबीसमेत गरेका छन् । ‘त्यसैले मैले सुझाव संकलन गरेको छु, म नेपालभरबाट सुझाव चाहन्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू