म्याग्देमा एमालेको चुनावमुखी विस्तारित बैठक

Devghat Online

शेयर गरौ

विगतमा सांसद हुँदा म्याग्देको विकासमा धेरै काम गरिएको छः सिग्देल

तनहुँ । माघ १९

म्याग्दे गाउँपालिकामा सोमबार नेकपा एमालेको चुनावमुखी विस्तारित बैठक सम्पन्न भएको छ । उक्त बैठकमा बोल्दै तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देलले म्याग्दे गाउँपालिकाको विकासमा एमालेको नेतृत्वको सरकारले धेरै काम गरेको बताए ।

आफु विगतमा सांसद हुँदा म्याग्देको पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा खेलकुँदको विकासमा धेरै उल्लेखनीय काम गरेको बताए । आफुले सांसदको रुपमा काम गर्दा म्याग्देका जनताको हितमा काम गरेको भन्दै सिग्देलले फेरी एक पटक म्याग्देको विकासमा काम गर्ने चाहान रहेको बताए ।

सिग्देलले जनतासँगको सुमधुर सम्बन्ध नै आफ्नो जितको आधार भएको दाबी गरेका छन् । आफू टुरिष्ट उम्मेदवार नभएकाले म्याग्देको जनताको समस्या र समाधानबारे जानकार रहेको उनको भनाइ छ । समस्या र समाधानसँग परिचित भएकाले विकास निर्माणसँगै शुसासनका निम्त्ति योगदान पु¥याउन सक्ने सिग्देलले बताए । ‘मैले म्याग्देको भुगोल नचिनेको छैन, ५० वर्ष देखी यही क्षेत्रमा काम गरेको छु ।’ ‘मेरो क्षेत्रमा नजानेको, नचिनेको कुनै वडा छैन । म टुरिष्ट पनि होइन । म यहींको रैथाने आदिवासी हुँ । जो यहाँ पहिल्यैदेखि बसोबास गरेर काम गरेको छ राजनीतिक रुपमा आदिवासी हो म’, उनले भने, ‘त्यसैले मलाई सबै समस्या पहिचान छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी छ । मैले यो क्षेत्रको विकास निर्माण र यो ठाउँको शुसासनका निम्त्ति योगदान गर्न सक्छु भन्ने नै मेरो मूल आधार हो ।’

‘मेरो उम्मेदवारी हिजो २०७४ सालदेखि गर्दा अधुरा कामलाई सम्पन्न गराउनुपर्नेछ । कतिपय नयाँ कामका निम्ति पनि जनताको भावना वा माग अनुसारका कामलाई नेतृत्व गर्नुपर्नेछ’, सिग्देलले भने, ‘नयाँ कामको थालनी गर्नका लागि पनि म कटिबद्ध भएर लाग्नेछु । यसको साथसाथै यस क्षेत्रमा गर्नुपर्ने कामका साथसाथै देशको सिंगो राजनीति अलिकति अलि जटिल ढंगबाट गुज्रिराखेको छ ।’

नेकपा एमाले म्याग्दे गाउँ कमिटिका अध्यक्ष द्वारिकानाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य श्रीप्रसाद श्रेष्ठ, कमल ढकाल, रत्ना घिमिरे, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर २ का संयोजक राजेश्वर ढकाल, जिल्ला सल्लाहाकार हरिबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन सन्तोष आलेले गरेका थिए ।

उक्त बैठकले नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई जिताउन गाउँ कमिटिका अध्यक्ष घिमिरेको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू