बन्दीपुरका महिलाले गित गाए–‘यसपाली त भगवतीलाई जिताई छाड्ने हो’

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १९

तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार भगवती न्यौपाने सोमबार बन्दीपुर गाउँपालिका वडा नम्बर २ को थारुवास पुग्दा त्यहाँको माहौल निकै रमाईलो भयो । न्यौपानेलाई बिहानै देखी पर्खेर बसेका थारुवास आमा समुहमा आवद्ध महिलाहरुले न्यौपानेको आगमनसँगै गित गाउन र नाच्न थाले । उनीहरुको गितको भाका यस्तो थियो ‘यसपालीको चुनावमा सुर्य चिन्ह रोज्ने हो, भगवतीलाई जिताई छाड्ने हो ।’

महिलाहरुले गितमा भने झैं यसपाली तनहुँ क्षेत्र नम्बर १ मा जित निकाल्न पुर्व मन्त्री समेत रहेकी नेकपा एमालेकी केन्द्रीय सदस्य न्यौपाने उम्मेदवारको रुपमा मैदानमा छिन् । प्रमुख राजनीतिक दलहरु मध्ये एमाले बाहेक अन्यले महिलालाई उम्मेदवार बनाएका छैनन् । यसको फाईदा भगवतीले लिने भएकी छिन् । अहिले मतदाता मध्ये करिब ६५ प्रतिशत महिला नै छन् । महिलाहरुले आफ्नो प्रतिनिधि पाउन बर्षौदेखी पर्खेर बसेका छन् । महिलाको भोट लिएर सँधै पुरुषहरु मात्रै सांसद बनिरहेको अवस्थामा यसपाली प्रखर महिला नेतृ भगवतीलाई उम्मेदवार पाउँदा महिलाहरु खुसी बनेका छन् । यसै मेसोमा उनीहरुले गित समेत बनाए–‘यसपाली त भगवतीलाई जिताई छाड्ने हो ।’

गितमा व्यक्त भएको शब्द झैं स्वयं भगवतीले पनि आफ्नो जित निश्चित भएको बताईन् । आफ्नो चुनावी अभियान निकै उत्साहजनक रुपमा सन्चालन भईरहेको र विशेषगरि आमा दिदि बहिनीहरु धेरै खुसी हुनु भएको उनले बताइन् । ‘म जहाँ जान्छु, त्यहाँ आमा दिदि बहिनीहरु निकै खुसी र भावुक बन्नु भएको छ’ न्यौपानेले भनिन् ‘आफ्नो वास्तविक प्रतिनिधि पाउन बर्र्षाै पर्खनु प¥यो भन्दै उहाँहरु निकै भावुक बन्नु हुन्छ ।’ ‘आफु प्रतिनिधि सभामा निर्वाचित भएर गएपछि पनि संसदमा महिलाको आवाज शसक्त रुपमा उठाउने छु’ उनले भनिन् ‘महिलासँगै दलित, आदिवासी जनजाती तथा पछाडि पारिएको समुदायको आवाज बनेर संसदमा गुन्जिने मेरो प्रण छ ।’

उम्मेदवार न्यौपाने सोमबार बन्दीपुर गाउँपालिकाको वडा नम्बर २, ५ र ६ का केही स्थानका मतदातालाई भेट्न पुगिन् । बन्दीपुरको धरमपानीमा न्यौपानेले त्यहाँको आमा समुहले पनि विशेष स्वागत गरेको थियो । न्यौपानेको पहलमा धरमपानी जाने सडक कालोपत्रेको लागि भौतिक पुर्वाधार मन्त्रालयबाट ठुलो रकम विनियोजन भई काम समेत भईरहेको भन्दै धरमपानीबासीले भगवतीलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको