तनहुँ । माघ १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको क्षेत्र नम्बर १ र २ मा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । दुबै क्षेत्रमा सोमबार खोलिएको निर्वाचन परिचालन कार्यालयको हिन्दुधर्मका गुरु पुष्पराज पुरुषले उद्घाटन गरे । पुष्पराज पुरुष हिन्दु धर्मको रक्षार्थ विभिन्न गतिविधि र अभिव्यक्तिका कारण बेला बेलामा चर्चामा आउँछन् ।



निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै पुष्पराज पुरुषले अहिले हिन्दुधर्ममाथी चौतर्फी आक्रमण भएको भन्दै सनातन धर्मको रक्षाकोलागि राप्रपाका उम्मेदवारलाई बिजयी बनाउनुपर्ने बताए । उनले अहिले विदेशी शक्तिले सनातन धर्मको विरुद्ध आक्रमण सुरु गरेको बताए ।
तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले हिन्दु धर्म मान्नेलाई आफ्नो पार्टीमा स्थान छैन भन्नुको अर्थ उक्त पार्टीले हिन्दुधर्मको नष्ट गर्न लागेको उनले बताए । देश धर्म सापेक्ष हुनुपर्ने भन्दै उनले नास्तिकहरुले सत्ता कब्जा गर्न लागेको भन्दै सबै नेपालीले गम्भिर भएर सोच्नुपर्ने बताए । पुष्पराज पुरुष सोमबार देवघाट, भानु, दमौली र दुलेगौंडामा राप्रपाको पक्षमा मतमागेका थिए ।
राप्रपाबाट तनहुँ क्षेत्र नम्बर १ मा हिन्दु धर्मका अभियन्ता अभिषेक जोशी उम्मेदवार बनेका छन् । जोशीले तनहुँ जिल्ला देवघाट जस्तो पवित्र देवभुमी रहेको, महर्षी वेदव्यासको जन्मस्थान रहेको तथा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान रहेको कारणले पनि यो ठाउँको गरिमा जोगाउन उम्मेदवार बनेको बताए । तनहुँको निर्वाचन क्षेत्रबाट हिन्दु विरोधीले चुनाव जित्न नहुने भन्दै उनले सनातन धर्मको रक्षाकोलागि आफु चुनावी मैदानमा आएको बताए ।

‘भाषणमा हिन्दुलाई पार्टी छोडेर जाउ भन्नेहरु मन्दीरमा गएर घन्ट बजाउँछन्’ जोशीले भने ‘भोट चाहिने बेलामा हिन्दुको मन्दिर चाहिने, हिन्दुको भोट चाहिने तर व्यवहार चै क्रिश्चियनिटिकरण गर्ने ?’ धर्म निरपेक्षता ठिक छ भन्नेहरुले मस्जिद र चर्चबाट किन आफ्नो चुनावी अभियान सन्चालन गर्न नसेकेको ? जोशीले प्रश्न गरेका छन् ‘भोट चाहिने बेलामा चाहीँ हिन्दुको मन्दिर चाहिन्छ तर व्यवहार चैं हिन्दु विरोधी गर्ने ।’












