मधुवनद्वारा एक दिवसिय वित्तीय साक्षरता तालिम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत २५

मधुवन सामुदायिक वन उपभोक्ता समितिले देवघाट गाउँपालिकासँगको समन्वयमा एकदिने वित्तिय साक्षरता तालिम आयोजना छ । उक्त कार्यक्रम दैनिक जीवनमा आम्दानी र खर्चको सन्तुलन कसरी कायम गर्ने, भविष्यका लागि बचत र लगानीको महत्व के हो भन्ने विषयमा उपभोक्ताहरुलाई जानकारी गराईएको मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले बताए ।

पछिल्लो तथ्यांक अनुसार प्रहरीमा दर्ता हुने महिला हिंसा सम्बन्धी उजुरीको संख्या वृद्धि भएको तर धेरै घटना अझै सार्वजनिक नहुने र पीडित महिलाहरू न्यायको पहुँचबाट टाढा रहने अवस्था कायम भन्दै ति सबै कारण महिलाहरु आत्मनिर्भर नभएको, महिलाहरुलाई बचतको अभाव रहेको भन्दै अध्यक्ष गिरीले हिंसाबाट बच्न पनि महिलाहरु आत्ननिर्भर बन्नुपर्ने बताए । ग्रामीण भेगमा चेतनाको अभाव, सामाजिक दबाब तथा आर्थिक निर्भरता महिला हिंसाको प्रमुख कारण मानिएको भन्दै उनले महिला अधिकारकर्मीहरूले पीडितमैत्री सेवा विस्तार, छिटो न्यायिक प्रक्रिया तथा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।

सो सचेतनामूलक कार्यक्रमले समुदायमा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने, आत्मविश्वास बढाउन र आफ्नो अधिकार बारे सचेत गराउने गिरीले विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा मधु सामुदायिक वन समुहमा आवद्ध रहेका महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता