सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति लिइयो

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत २५

गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो ।

प्रहरी स्रोतले पक्राउ अनुमति लिइए पनि पक्राउको लागि निर्देशन वा अनुरोध आइनसकेको जनाएको छ । देउवा दम्पती अहिले विदेशमा छन् । उनीहरूलाई आवश्यक परे इन्टरपोलमार्फत पनि नोटिस जारी गरेर ल्याउन सकिने गृह मन्त्रीनिकट स्रोतले जनाएको छ ।

यसैविच पुर्वप्रधानमन्त्री देउवाले बुधबार सामाजिक सन्जाल मार्फत आफ्नो विरुद्ध फैलाईएको भ्रम फैलाईएको बताएका छन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।’ देउवाले भनेका छन् ‘ म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’

‘नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।’ देउवाले भनेका छन् ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।’

आफ्नो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको भन्दै देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफु गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित जनाएका छन् ।

‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।’ देउवाले भनेका छन् ‘बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन